सिरहा- अमेरिका गएकी एक शिक्षिकाकाे निकालेर गाेलबजार नगरपालिका र प्रधानाध्यापकले बाँडफाँड गरि अनियमितता भएकाे पाइएकाे छ । जनता नमूना माध्यमिक विद्यालय चन्द्रलालपुर चोहर्वामा कार्यरत शिक्षिका पूनम सिंह अमेरिका गएको बेलाको तलब निकासा गरेर बाँडचुँड गरी खाइएको हाे ।
विद्यालयमा बाल बिकास सहजकर्ता (शिक्षिका)मा कार्यरत पुनम सिंह २०८१ जेठको अन्तिम साता अमेरिका गइन । उनी भदौको ५ गतेमात्रै विद्यालय फर्किन् । बेतलबी विदामा ७२ दिन विद्यालयमा उनी अनुपस्थित भइन् । उनले विद्यालयमा बेतलबी बिदाको निवेदन पेस गरेकी थिइन् । तर विद्यालयले नगरपालिकामा उनी अनुपस्थित भएकाे जेठ, असार र साउन महिनाको तलबसमेत निकासा माग गर्यो ।
गोलबजार नगरपालिकाका तत्कालीन शिक्षा शाखा प्रमुख सुवोध लामा र प्रधानाध्यापक ब्रह्मदेव प्रसाद सिंहको मिलेमताेमा विदामा रहेकी शिक्षिकाको तलब निकासा लिएर बाँडिचुडी हजम गरिएको हो ।
विद्यालयको हाजिरी रजिष्टरमा शिकक्षिका पूनम सिंहले जेठ महिनाभरीको हाजिरी गरेपनि असार र साउन महिनाको हाजिरी पूरै खाली छ । भदौदेखि उनको हाजिरी नियमित रुपमा गरिएकाे छ । उनको हाजिरी महलमा बिदा जनाइएको छैन ।
उक्त विद्यालयमा कार्यरत एक शिक्षकले नाम उल्लेख नगर्ने शर्तमा भने, ´बैशाख २०८२ लागेपछि पुरानो हाजिरी रजिष्टर फेरिन्छ । त्यसपछि पुनम सिंहलाई खाली रहेको असार र साउन महिनाको हाजिरी गराएर थन्काइ दिने प्रधानाध्यापकको योजना हो । पुरनो रजिष्टर त कसैले हेर्दैन । त्यसपछि उनको विदाको निवेदन च्यातेर फालिन्छ ।`
प्रअ सिंहले शिक्षिका सिंहकाे तलव धाेखाबस निकासा माग गरिएकाे स्पष्टीकरण दिए । तर उक्त रकम विद्यालयकाे बैंक खाताबाट कसरी गायब भएकाे विषयमा उनले बाेल्न सकेनन् । नगरपालिकाका तत्कालिन शिक्षा शाखाका लामा भने सम्पर्कमा आउन चाहेनन् । हालका शिक्षा शाखा प्रमुख अनन्तराज पाैडेलले याे विषय आफ्नाे अधिकार क्षेत्रकाे नभएकाे भन्दै पञ्छिए ।
गोलबजार स्कूलमा अष्ट्रेलिया गएकी शिक्षिका बिमला झा र राजीनामा दिएर अवकास लिएका शिक्षक अन्तराम यादवको तलब निकासा लिएर खाएको घटना सेलाउन नपाउँदै चोहर्वा स्कूलमा भएको अनीयमितता प्रकाशमा आएको छ ।
गोलबजार नगरपालिका २ का युवा दिनेश यादब भन्छन्, ´गोलबजार नगरपालिकामा मेयर श्याम श्रेष्ठले असुली र कमिसनकै लागि शिक्षा शाखा प्रमुखमा सुवोध लामालाई राखेका थिए ।` उनले उप सचिव अनन्त पौडेललाई हटाएर कनिष्ट लामालाई शिक्षा अधिकृतमा राख्नुको उद्देश्य नै कमिशन र असुली भएकाे आराेप लगाए ।
गोलबजारका पाका कम्युनिष्ट नेता दामोदर अधिकारी भन्छन् , ´गोलबजार नगरपालिकामा यस्ता थुप्रै अनुपस्थित र अवकाश प्राप्त शिक्षकहरुको तलब निकासा भएको छ र बाँडेर हजम गरेका छन् । खोज्दै जाँदा भेटिन्छन् । अपवादका रुपमा एक दुई घटना देखिनु बेग्लै कुरा हो । यहाँ त यस्ता दर्जनौ केस देखिन्छन् । यस्ता प्रकृयामा मेयर श्याम श्रेष्ठकै मिलिभगत छ । किनकी कसैलाई कारवाही हुँदैन र भएको छैन, उल्टो जोगाउन खोजिन्छ । यो संस्थागत भ्रष्टाचारको नमूना हो ।`
गाेलबजार नगर प्रमुख श्रेष्ठले याे आर्थिक अनियमितताकाे विषय नगरपालिकाकाे अधिकार क्षेत्र बाहिरकाे भएकाे र यसमा अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले छानविन गर्नुपर्ने बताए । नगर प्रमुख श्रेष्ठकाे भनाइले पनि विद्यालयमा व्यापक अनियमितता भइरहेकाे स्पष्ट देखिन्छ । उनले नगर क्षेत्रमा सुशासन कायम गर्दै कानुनी राज्यकाे स्थापना गर्ने आफ्नाे अधिकार बिर्सेर अख्तियारतिर अैाँला देखाउन खाेजेकाेबाट पनि नियत स्पष्ट हुन्छ ।
शिक्षा/प्रविधि
शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षक
द नेप्लिज संवाददातानयाँ वर्षको पहिलो दिन पनि आन्दोलनमै शिक्षक
द नेप्लिज संवाददातागहुँ काट्ने तरखरमा छौँ भने...
द नेप्लिज संवाददाताशिक्षा विधेयक छिटो पारित गर्ने सरकारी प्रतिबद्धता : परीक्षा प्रभावित नहोस् भनी आन्दोलन अन्त्यको आह्वान
द नेप्लिज संवाददाताविद्यालय शिक्षा ऐन पारित गर्ने तयारीसहित संसद अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्को सिफारिस, शिक्षक महासंघ छलफलमा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares