विराटनगर– दक्षिण कोरियाका किम जोङथेक नेतृत्वको टोली विराटनगर आइपुगेका छन् । मुलुकको कान्छो महानगर विराटनगरको शैक्षिक र स्वास्थ्य क्षेत्रको अवस्थामा सहयोग गर्ने उद्देश्यले उनीहरु मंगलबार यहाँ आइपुगेका हुन् ।
विराटनगर महानगर प्रमुख नागेश कोइरालाले किमको टोलीलाई महानगरमा स्वागत गरेका छन् । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको दक्षिण कोरियाको द होप सेन्टरका किम नेतृत्वको टोलीले विराटनगर महानगरपालिकाका प्रमुख कोइरालासित भेटघाट गर्दै महानगरको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था बारे जिज्ञासा राखेका थिए ।
किम नेतृत्वको टोलीले आगामी दिनमा महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको भौतिक पूर्वाधारसँगै गरीव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक र खेलकुद सामग्रीसँगै आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । विगत दुई दशकदेखि कोरियामा व्यवसायसँगै समाजसेवामा सक्रिय नवराज शिवाकोटीको समन्वयमा आएको द होप सेन्टरको टोली र महानगरबीच आगामी दिनमा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि सहकार्य गर्ने सहमति भएको छ ।
दक्षिण कोरिया र नेपालबीचको पुरानो सम्बन्धको बारेमा बोल्दै प्रमुख कोइरालाले दक्षिण कोरियाले कृषि, प्रविधि, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको प्रगति अनुकरणीय रहेको बताएका हुन् ।
स्थानीय सरकार
चार दशकदेखि अलमलिएको सीमा विवाद हल गर्न सोलु–ओखलढुंगाले गठन गरे कार्यदल
द नेप्लिज संवाददाताटेण्डर सूचना लुकाएर ठेक्का बाँडफाँड, तिलाठी कोईलाडीका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
द नेप्लिज संवाददाताविराटनगर महानगरले पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन गर्दै
द नेप्लिज संवाददाताकांग्रेस र माओवादीको वडाध्यक्षहरुद्वारा सरकारी पुल कवाडीमा बिक्री, सार्वजनिक सम्पत्ति चोरीमा अनुसन्धान
कृषिमा यान्त्रिकीकरणका लागि रतुवामाईका किसानलाई एक करोडको औजार उपकरण
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares