२३ जेठ २०८२, शुक्रबार 06 Jun 2025, Friday

एआईजी थापाको टोली फर्कियो

द नेप्लिज संवाददाता
८ फागुन २०८१, बिहीबार

Advertisement

विराटनगर– काठमाडौं, इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा माघ २९ देखि फागुन १ सम्म संचालन भएको ‘‘२०औँ हेड अफ एनसीबी कन्फरेन्समा नेपालको तर्फबाट सहभागी भइ एआईजी दिपक थापाको टोली बुधबार स्वदेश फर्किएको छ । 

हेड अफ एनसीबी कन्फरेन्समा मुख्य रूपमा बालबालिका विरुद्ध अपराधको परिदृश्य विषय लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सदस्य राष्ट्रका एनसीबी प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारीहरू बिच समन्वय तथा सहकार्यको विषयमा छलफल भएको थियो । उक्त कन्फरेन्समा नेपालको तर्फबाट एनसीबी काठमाडौंका शाखा प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले उक्त विषयमा प्रस्तुतीकरण दिनु भएको थियो । उक्त टोली
 कन्फरेन्समा सहभागी हुन माघ २७ मा त्यसतर्फ प्रस्थान गरेको थियो । 

प्रकाशित : ८ फागुन २०८१, बिहीबार 13:25
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved