काठमाडौं, चन्द्रागिरी – वन्यजन्तु तस्करीको आरोपमा प्रहरीले एक जनालाई सालकको खपेटासहित पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४, पानीघाटबाट सालकको खपेटा जस्तो देखिने वस्तु ८ वटा, एक नंग्रा, ३ वटा दुम्सीको काँडा जस्तो देखिने वस्तु, ५२ हजार रुपैयाँ नगद र एक मोबाइलसहित दोलखाको शैलुङ गाउँपालिका–६ का ३२ वर्षीय सुवास तामाङलाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले मकवानपुरको चित्लाङबाट काठमाडौंतर्फ आउँदै गरेका तामाङलाई थानकोट क्षेत्रमा जाँच गर्ने क्रममा शंकास्पद वस्तुसहित पक्राउ गरेको हो । प्रहरी अनुसन्धानको क्रममा सोमबार गरिएको थप सोधपुछको क्रममा उनले लामो समयदेखि वन्यजन्तु अंगहरुको अवैध कारोबारमा संलग्न रहेको स्वीकारेका छन् । प्रहरीका अनुसार तामाङले यस अगाडि ९ पटक वन्यजन्ुतको अंग काठमाडौंकै बजारमा राम्रै दाममा बेचेको स्वीकारेका छन् ।
वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार सालक संरक्षित प्रजातिमा पर्ने भएकाले यसको अंग किनबेच तथा ओसारपसार गैरकानुनी मानिन्छ । सालकका खपेटा, नंग्रा तथा अन्य अंगलाई दुर्लभ औषधि बनाउने तथा तान्त्रिक प्रयोजनका लागि कालोबजारमा बेचबिखन गरिँदै आएको पाइन्छ । प्रहरीले पक्राउ परेका तामाङको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares