काठमाडौं– नेपाल प्रहरीले पर्वत र पाँचथरमा बालिकाहरुको बलात्कारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्वतको जलजला गाउँपालिका–९, बनौका १९ वर्षीय विजय फगामी मगरलाई प्रहरीले पक्राउ गरेको छ । मगर हाल कुश्मा नगरपालिका–६, राम मन्दिर चोकमा डेरा गरी बस्दै आएका थिए ।
मंसिर ३ मा बालिकालाई बलात्कार गरेको उजुरी परे पछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले आइतबार दिउँसो उनलाई पक्राउ गरेको हो । अर्को घटनामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिका–४ का २९ वर्षीय दोर्ण रसाइलीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीमाथि फिदिम नगरपालिका–२, रमिते डाँडास्थित रमिते होटलको कोठामा गत बिहीबार बालिकालाई बलात्कार गरेको आरोप छ । घटना सम्बन्धी उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले शनिबार साँझ रसाइलीलाई पक्राउ गरेको हो । प्रहरीले दुवै घटनामा आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares