काठमाडौं– सहकारी तथा लघुवित्त पीडितहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
विभिन्न सहकारी संस्था, लघुवित्त, बैंक तथा मिटरब्याजीको ठगीबाट पीडित भएका बचतकर्ताहरू न्यायको माग गर्दै माइतीघर मण्डलाबाट बिजुलीबजारसम्म जुलुससहित प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीहरूले ‘सहकारीमा बेथिति मच्चाउन पाइँदैन, वित्तीय माफियाहरू चाहिँदैनन्, जनपक्षीय मौद्रिक नीति कायम गर’ जस्ता नारा लगाएका थिए ।
उनीहरूले सहकारी तथा लघुवित्त क्षेत्रमा व्याप्त अनियमितता हटाउन सरकारलाई दबाब दिएका छन् । प्रदर्शनमा सहभागीहरूले आफ्ना बचत सुरक्षित गर्न कानुनी व्यवस्था कडा बनाउन, ठगिएका रकम साँवा–ब्याज सहित फिर्ता गराउन तथा दोषीहरूलाई कारबाही गर्न माग गरेका छन् ।
हाल थुप्रै सहकारी संस्थाहरू धराशायी भएका छन् भने हजारौं सर्वसाधारणको बचत जोखिममा परेको छ । सरकारले यसअघि सहकारी अनुगमनलाई कडा पार्ने घोषणा गरे पनि पीडितहरूले ठोस कार्यान्वयन नभएको आरोप लगाउँदै आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
अर्थ/वाणिज्य
डलरको भाउ फेरि बढ्यो
द नेप्लिज संवाददाता२३ वर्षदेखि भिजिट भिसाको ओडारमा महिला तस्करी, सबै गृहमन्त्रीको संलग्नता शंकाको घेरामा
द नेप्लिज संवाददातातुलसी सहकारी घोटाला : अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद, ६९ करोड बिगो र जरिवाना
द नेप्लिज संवाददातापतञ्जलीले विदेशबाट ल्याएको अरबौंको रकम शंकास्पद, स्रोत र खर्चको प्रमाण नभेटिएको अख्तियारको दाबी
अमेरिकी डलरको बिक्रीदर १३७.५७ रुपैयाँ
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares