१४ वैशाख २०८२, आइतबार 27 Apr 2025, Sunday

सम्पादकीय

आतंकवादविरुद्ध न्यायोचित आवाज : भारत र पाकिस्तान दुवै जिम्मेवार

जितेन्द्र साह
१३ वैशाख २०८२, शनिबार

Advertisement

विराटनगर– पछिल्लो समय भारतको कश्मीरस्थित पहलगाम क्षेत्रमा भएको आतंकवादी आक्रमणले हाम्रो संवेदनशीलता फेरि जागृत गराएको छ । यो आक्रमण पाकिस्तानको भूमिमा नभइ भारतको क्षेत्रभित्रै भएको हो । पहिल्यैदेखि संवेदनशील मानिएको उक्त क्षेत्रमा पर्याप्त सुरक्षा व्यवस्था नगरिएको तथा पर्यटक आवागमन खुला राखिएको तथ्यले भारत सरकारको लापरवाही झल्काउँछ ।

न त भारतले आफ्ना नागरिकहरूलाई सचेत गरायो, न त छिमेकी देशहरूलाई जोखिमको पूर्वसूचना दिन आवश्यक ठान्यो । यस्तै कमजोरीका कारण रुपन्देही बुटवलका सुदीप न्यौपानेसहित २६ निर्दोष पर्यटकहरू आतंककारी आक्रमणको शिकार बने । तर संघीय राजधानी काठमाडौँमा गरिएको प्रदर्शनले मुख्य रूपमा पाकिस्तानलाई मात्र दोषारोपण गरेको देखियो ।

सीमापार आतंकवाद दुवै देश, भारत र पाकिस्तानको असफलताको परिणाम हो । त्यसैले यदि प्रदर्शन भारत र पाकिस्तान दुवै देशको दूतावासअगाडि गरिएको भए, दबाब सन्तुलित र न्यायोचित बन्नेथियो ।

आतंकवादको कुनै धर्म र जात हुँदैन । इस्लामिक अतिवादी गुटहरूले इस्लामको नाम बदनाम गरिरहेका छन्, जसलाई सच्चा मुसलमानहरूले पनि घृणा गर्छन् । पहलगाममा भएको निर्दोष नागरिकहरूको हत्या मानवता विरुद्धको अपराध हो जसको विरोधमा ’आतंकवाद मुर्दावाद’, ’आतंककारीलाई कारबाही गर’, ’मानवताको रक्षा गर’ जस्ता नाराहरू उठ्नु स्वाभाविक हो ।

साथसाथै यो बेला हामीले सांप्रदायिक सद्भावमा चोट नपुग्ने गरी विवेकपूर्ण प्रतिक्रिया जनाउनुपर्छ । कश्मीर भारतको हो वा पाकिस्तानको भन्ने विवाद हाम्रो विषय होइन । तर पाकिस्तानभित्रैबाट भित्रिएका सशस्त्र घुसपैठीहरूद्वारा निर्दिष्ट रूपमा हिन्दु नागरिकहरूलाई निशाना बनाइएको हुँदा पाकिस्तान मौन रहन सक्दैन ।

न त इस्लामको नाममा गैरमुस्लिमको हत्या स्वीकार्य हुन सक्छ, न भारतले आफ्नै सीमाभित्र आतंकी गतिविधिलाई अनदेखा गर्न मिल्छ । त्यसैले आज आवश्यकता छ—हामी सबैले आतंकवादविरुद्ध एकीकृत र निष्पक्ष आवाज उठाउने । भारत र पाकिस्तान दुवैलाई जिम्मेवार ठहर गर्दै सन्तुलित दबाब सिर्जना गरौं र भित्रि रूपमा आफ्नो मुलुकमा सांप्रदायिक सद्भाव मजबुत बनाइराखौं । आतंकवादको विरुद्ध लड्नु नै साँचो मानवताको रक्षा गर्नु हो ।
 

प्रकाशित : १३ वैशाख २०८२, शनिबार 16:16

No related news found based on tags.

कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved