१४ वैशाख २०८२, आइतबार 27 Apr 2025, Sunday

वार्ता निष्कर्षविहीन, शिक्षकको आन्दोलन २५ औँ दिनमा

द नेप्लिज संवाददाता
१३ वैशाख २०८२, शनिबार

Advertisement

काठमाडौँ — नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनलाई २५ औँ दिनसम्म निरन्तरता दिएको छ । शनिबार सरकारसँग भएको वार्ता निष्कर्षविहीन भएपछि महासंघले आन्दोलन जारी राख्ने जनाएको हो । महासंघले आफूहरूको माग पुरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारेको छ । काठमाडौँको बिजुलीबजारमा आयोजित प्रदर्शनमा सहभागीहरूले ‘शिक्षकको माग पुरा गर’, ‘विद्यालय शिक्षा ऐन जारी गर,’ जस्ता नारा लगाएका थिए ।

शनिबार बिहान सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा महासंघ र सरकारबीच वार्ता भएको थियो । शिक्षा मन्त्री रघुजी पन्तको उपस्थितिमा भएको वार्ता कुनै ठोस निष्कर्षमा पुग्न नसकेको महासंघले जनाएको छ । 

महासंघका एक सदस्यका अनुसार पन्तको विचार र अभिव्यक्ति स्वतन्त्रताप्रति सम्मान नराख्ने र आलोचना सुन्ने नसक्ने स्वभाव बारे थाहा भएकोले वार्ता सफल नहुने पूर्वआभाष थियो । संसद, विभिन्न समिति र बैठकको प्रस्तुतिले पन्तको अनुदार छवि जनसामु छताछुल्ल भइसकेको ती शिक्षकले बताए ।

‘एमालेका कठोर नेता पन्तबाट कुनै आश छैन, गठबन्धन सरकारले सहजै माग मान्ला जस्तो छैन, अहिले सम्म त शान्त नै छौं, हेर्दै जाऔँ, आक्रमक रणनीति अख्तियार गर्नुपर्यो भने पनि पछि हट्दैनौं,’ उनले भने ।   यसअघि बिहीबार सर्वोच्च अदालतले विद्यार्थीहरूको पठनपाठन सञ्चालन सुनिश्चित गर्न सरकारलाई तीन दिनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिएको थियो । त्यसपछि पनि सरकार र शिक्षक महासंघबीच सहमति नजुटेपछि आन्दोलन जारी रहेको हो ।
 

प्रकाशित : १३ वैशाख २०८२, शनिबार 17:27
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved