४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

असल अभिभावकको दायित्व

दिलकुमार घमाल
१९ चैत २०८१, मङ्गलबार

Advertisement

अभिभावकले बालबालिकालाई उच्च अंक ल्याउने गरी पढ्न दिएको दबाबका कारण बढ्ने तनावले मानसिक समस्या आउन सक्नेप्रति सचेत हुनुपर्छ । 

विराटनगर– बालबालिका देशका भविष्यका कर्णधार हुन् । उनीहरूको शिक्षा र विकासले समाजको समृद्धि र उन्नतिको मार्ग निर्धारण गर्छ । तर, आजकल धेरै ठाउँमा बालबालिकामा पढाइको अत्यधिक दबाब दिइन्छ, जसले उनीहरूको मानसिक स्वास्थ्यमा असर पु¥याउन सक्छ । हामीले बुझ्नुपर्छ कि मात्र उच्च अंक ल्याउनु भनेको जीवनको सफलता होइन । जीवनमा सफलता प्राप्त गर्नका लागि धेरै अन्य क्षेत्रहरूमा पनि महत्वपूर्ण अवसरहरू उपलब्ध छन् । जसलाई शिक्षा र पढाइका परिधिबाहेकका रूपमा हेर्न आवश्यक छ ।

आजका बालबालिकालाई एक तरिकाले मात्र भविष्यका लागि तयार पार्नुपर्छ भन्ने विचार समाजमा अझै प्रचलित छ । पढाइमा राम्रो अंक ल्याउने, एसईई र विश्वविद्यालय पास गर्ने, अनि त्यसपछि एउटा सुरक्षित र सम्मानजनक जागिर पाउने हाम्रो सोच बनिसकेको छ । यद्यपि, यस सोचको पछाडि रहेको धारणा पूर्ण रूपमा सत्य छैन । धेरै व्यक्तिहरू जो कम अंक ल्याएर पनि एसईई र विश्वविद्यालय पास गर्छन्, उनीहरूले आफ्नो जीवनमा उत्कृष्ट उपलब्धिहरू हासिल गरेका छन् । साँचो सफलता भनेको जीवनमा के–के गरिन्छ, कति कठिनाइहरू पार गरिन्छ र कति सकारात्मक प्रभाव उत्पन्न गरिन्छ भन्ने कुरामा निर्भर गर्छ ।

हरेक बालबालिका आफ्नो भविष्यको योजना बनाउन र त्यसका लागि आवश्यक कदम चाल्न स्वतन्त्र हुनुपर्छ ।

पढाइ मात्र जीवनको एक मात्र उद्देश्य होइन । कुनै पनि व्यक्तिले आफ्नो दक्षता र रुचिका आधारमा भविष्य निर्माण गर्न सक्छ । उदाहरणका लागि केही व्यक्तिहरूलाई खेलकुदमा विशेष रुचि हुन्छ । तिनीहरूले पढाइको तुलनामा खेलकुदको क्षेत्रमा बढी समय र ऊर्जा लगाउँछन् । यस्तो स्थितिमा पनि तिनीहरूले संसारभरि प्रतिष्ठा हासिल गरेका छन् । विश्वका केही नाम चिनिएका खेलाडीहरू, जो आजकलका बालबालिकाको आदर्श बन्न सक्छन् । स्कुलमा कुनै ठूलो सफलता हासिल गरेका थिएनन् । तथापि, उनीहरूले आफ्नो मेहनत र समर्पणका माध्यमबाट संसारभरि नाम कमाए ।

त्यस्तै, कतिपय व्यक्तिहरू व्यवसाय र उद्योगमा सफलता प्राप्त गर्न सक्षम भएका छन् । उद्योग र व्यवसायका क्षेत्रमा यस्ता थुप्रै उदाहरणहरू छन् जहाँ पढाइका सन्दर्भमा औपचारिक शिक्षा कम छ तर ती व्यक्तिहरूले आफ्नो बुद्धिमानी, लगनशीलता र सृजनशीलताका आधारमा ठूलो व्यापार खोल्न र चमत्कारी परिणाम प्राप्त गर्न सक्षम भएका छन् । यसरी पढाइको परिधि बाहिरको क्षेत्रमा पनि उत्थानका धेरै अवसरहरू छन्, जसलाई हामीले नजरअन्दाज गर्नु हुँदैन । विश्वविद्यालयका कक्षागत परीक्षा उत्तीर्ण नगरेका तर जीवनका सयौं पुस्तक पढेका व्यक्तिहरूले पनि सफलताको शिखर चुमेका उदाहरणहरू पाउन सकिन्छ । एउटा सामान्य पढेको व्यक्तिले उद्योग व्यवसायमा सफलता प्राप्त गरेको हुन्छ र उसले विश्वविद्यालयबाट डिग्री हासिल गरेका सयौं व्यक्तिलाई रोजगारी दिएको हुन्छ । 

एक कुशल र असल अभिभावकले बालबालिकालाई हौसला र उत्प्रेरणा दिनुका साथै संस्कारयुक्त अनुशासित नागरिक बन्न उत्प्रेरित गर्नुपर्दछ ।

राजनीति, सरकारी सेवा र न्याय क्षेत्रमा पनि यस्ता थुप्रै उदाहरणहरू छन् जसमा कम अंक ल्याउने वा नपढेका व्यक्तिहरूले ठूलो योगदान दिएका छन् । राजनीति र समाज सेवा गर्ने व्यक्तिहरूले कहिल्यै एसईई वा विश्वविद्यालयको परीक्षा उत्तीर्ण गर्नु जरूरी छैन । तिनीहरूको समाजप्रतिको प्रतिबद्धता र सेवा भाव नै तिनीहरूको वास्तविक शिक्षा र सफलता हो । त्यसैले, हामीले बुझ्नुपर्छ कि शिक्षा र पढाइबाहेक पनि विभिन्न जीवनका अन्य क्षेत्रहरूमा पनि सफलता प्राप्त गर्न सकिन्छ ।

एक कुरा स्पष्ट छ कि हरेक बालबालिका आफ्नो भविष्यको योजना बनाउन र त्यसका लागि आवश्यक कदम चाल्न स्वतन्त्र हुनुपर्छ । प्रत्येक बालबालिकाको रुचि र क्षमतालाई पहिचान गर्न महत्वपूर्ण छ । उनीहरूले के बन्न चाहन्छन् भन्ने कुरा उनीहरूको व्यक्तिगत इच्छामा आधारित हुनुपर्छ । समाज र परिवारले उनीहरूको सपनालाई समर्थन गर्न र प्रोत्साहन दिनुपर्छ । यदि कुनै बालक खेलकुदमा वा कला क्षेत्रमा भविष्य बनाउन चाहन्छ भने त्यसका लागि आवश्यक तालिम र स्रोतहरू उपलब्ध गराउनु पर्छ । यसले उनीहरूलाई मानसिक दबाबबाट मुक्त राख्नमा मद्दत पु¥याउँछ र उनीहरूको प्रतिभालाई सही दिशा दिन्छ ।

विद्यार्थीका लागि पढाइ मात्र जीवनको एक मात्र उद्देश्य होइन । जो कोहीले आफ्नो दक्षता, क्षमता र रुचिका आधारमा भविष्य निर्माण गर्न सक्छ ।

हामीले आफ्नो सोचको दायरा फराकिलो बनाउनु पर्छ र यो बुझ्नुपर्छ कि जीवनका सफलताका अनेकौं मार्गहरू छन् । पढाइ एक महत्वपूर्ण पक्ष हो, तर त्यही मात्र सफलताको एकमात्र मापदण्ड होइन । समाज र परिवारको कर्तव्य हो कि तिनीहरूले बालबालिकाको जीवनमा विविध अवसरहरूको सृजना गर्न र तिनीहरूको इच्छा र आवश्यकतालाई सम्मान गर्दै उनलाई भविष्य निर्माणको अवसर दिनुहोस् ।

आजका बालबालिका भविष्यका कर्णधार हुन् र उनीहरूको सफल भविष्यका लागि पढाइ मात्रै होइन अन्य क्षेत्रका अवसरहरूको पनि उपयुक्त उपयोग गर्न जरूरी छ । जसरी समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूले जीवनमा सफलता प्राप्त गरेका छन्, त्यस्तै बालबालिकालाई विभिन्न क्षेत्रहरूमा संघर्ष गर्ने, सृजनात्मकता र उत्साहलाई समर्थन गर्न आवश्यकता छ । उनीहरूले जुनसुकै क्षेत्रको चयन गरे पनि, उनको सफलताको कुंजी भनेको आफ्ना क्षमतामा विश्वास र निरन्तर प्रयास गर्नु हो । यसर्थ अभिभावकले बालबालिकालाई घोंडाको झैं लगाउनु भएन । उनीहरूलाई अघि बढ्ने वातावरण सिर्जना गर्नुपर्छ । 

अधिकांश अभिभावकले बालबालिकालाई उच्च अंक ल्याउने गरी पढ्न दबाब दिएको पाइन्छ । अभिभावकको दबाबले पनि उनीहरूमा मानसिक चिन्ता बढ्ने गर्दछ । अभिभावकको दबाब बढ्दा भोलि भनेजस्तो नम्बर आएन भने उनीहरूमा मानसिक समस्या आउन सक्छ । एउटा कुशल र असल अभिभावक हुनका लागि धेरै कुरामा ध्यान दिनुपर्दछ । उनीहरुलाई हौसला र उत्प्रेरणा दिनुपर्छ । संस्कारयुक्त अनुशासित नागरिक बन्न उत्प्रेरित गर्नुपर्दछ । तीन–चार वटा विषयमा डिग्री हासिल गरेको छ तर उसमा अनुशासन र संस्कार छैन भने त्यसको अर्थ छैन । 

(लेखक अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा बसेर पर्यटन व्यवसाय गर्दै आएका छन् ।) 
 

प्रकाशित : १९ चैत २०८१, मङ्गलबार 06:57

No related news found based on tags.

कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved