सम्पादकीय
विराटनगर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो व्यापारिक निर्णयले विश्व बजारमा चर्किएको अस्थिरता अझ गहिरिएको छ । एकातर्फ अधिकांश मुलुकलाई ९० दिनका लागि आयात करमा विश्राम दिइएको छ, अर्कोतर्फ चीनमाथि शतप्रतिशतभन्दा बढी कर थपिएको छ ।
यस्तो कदमले देखाउँछ—व्यापार नीतिहरू अब दीर्घकालीन रणनीति होइन, भावनात्मक र राजनीतिक तत्कालका प्रभावका आधारमा तय भइरहेका छन् । नेपालजस्ता विकासोन्मुख देशहरूका लागि यस्तो व्यापार युद्ध ‘प्रत्यक्ष नभए पनि गहिरो अप्रत्यक्ष आघात’को रूपमा देखिन्छ ।
विश्व बजारको माग घट्दा नेपाली उत्पादनहरू प्रभावित हुन्छन् । कच्चा पदार्थको मूल्य अस्थिर बन्छ । लगानीकर्ताको मनोबल घट्छ । मुद्रास्फीति बढ्न सक्छ । अझ चुनौतीपूर्ण पक्ष, चीन र अमेरिकासँग हाम्रो व्यापारिक र कूटनीतिक सन्तुलन एकैसाथ टिकाउनु पर्ने बाध्यता छ । एकातर्फ ठूलो विकास साझेदार चीन छ, अर्कोतर्फ दीर्घकालीन सहयोगी अमेरिका ।
यस्ता अवस्थामा नेपालले अपनाउनु पर्ने नीति तीन तहमा हुनुपर्छ :
आन्तरिक उत्पादन क्षमताको विस्तार — वैदेशिक आपूर्तिमा निर्भरता घटाएर संकटको समयमा देशभित्रै विकल्प खडा गर्ने प्रयास गर्नुपर्छ ।
नयाँ क्षेत्रीय साझेदारीको खोजी — चीन र अमेरिका बाहेक भारत, बङ्गलादेश, आसियान, ईयू जस्ता बजारतर्फ व्यापारिक पहुँच बढाउने रणनीति तय गर्नुपर्छ ।
व्यापार कूटनीतिमा सक्रियता — विश्व व्यापार संगठन लगायतका बहुपक्षीय फोरमहरूमा सशक्त उपस्थिति जनाउँदै साना देशका हितका लागि आवाज उठाउनुपर्छ ।
नेपालले अझै पनि आयातमुखी अर्थतन्त्रको भरमा चलिरहेको वर्तमान अवस्थामा यस्तो अन्तर्राष्ट्रिय अस्थिरता थप जोखिमपूर्ण हुनसक्छ । यस्ता घटनाहरूले साना देशहरूले पनि ’वैश्विक राजनीतिको सिकार बन्ने’ सम्भावना कति गम्भीर हुन सक्छ भन्ने चेतावनी दिन्छन् । ट्रम्प प्रशासनको यो नीतिगत ‘यू–टर्न’बाट नेपालले सिक्नुपर्ने पाठ स्पष्ट छ—दीर्घकालीन व्यापारिक सुरक्षाका लागि सन्तुलित, विवेकपूर्ण र स्वावलम्बी रणनीति अब विलासिता होइन, आवश्यकता हो ।
विचार/अन्तर्वार्ता
जब शिक्षामा लगानीको कुरा आउँछ, सरकार किन अड्किन्छ ?
जितेन्द्र साह५४ योजनामा १ खर्ब ३९ अर्ब लगानी भित्र्याउने लक्ष्यका साथ कोशी प्रदेश लगानी सम्मेलन आयोजना हुँदै
देव नारायण साहदेशको व्यवस्था फेरिन्छ, सुविधाभोगी फेरिँदैन
जितेन्द्र साहपूर्वराजा ज्ञानेन्द्र पनि सुध्रिए, लोकतन्त्रवादी नेताहरु कहिले सुध्रिने ?
जितेन्द्र साहनयाँ वर्ष, नयाँ दृष्टिकोण : अनिश्चितताको बीचमा उत्तरदायी पत्रकारिताको प्रतिबद्धता
जितेन्द्र साहDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares