२१ वैशाख २०८२, आइतबार 04 May 2025, Sunday

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी अनिवार्य रूपमा सरकारी स्कुलमा भर्ना गर्नुपर्ने

द नेप्लिज संवाददाता
२० वैशाख २०८२, शनिबार

Advertisement

विराटनगर– काभ्रेको मण्डनदेउपुर नगरपालिकाले नगरभित्रका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरूलाई आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गराउन निर्देशन दिएको छ।

नगरपालिकाले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै यही वैशाख मसान्तभित्र भर्ना गरिएको प्रमाण पेश गर्न सबै सरोकारवालालाई निर्देशन दिएको हो।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित नगरपालिकाले २०८१ चैत २६ मा बसेको नगर शिक्षा समितिको निर्णयलाई कार्यान्वयनमा ल्याउन विशेष उर्दी जारी गरेको हो ।

नगरप्रमुख टोकबहादुर वाइबाका अनुसार निर्णय कार्यान्वयन नभएको पाइएकोले पुनः सूचनामार्फत स्पष्ट निर्देशन दिनुपरेको हो। ‘निर्णय कार्यान्वयन गराउन नगर दत्तचित्त रहन्छ,’ उनले भने ।

नगरपालिकाले यस्तो पहल सार्वजनिक विद्यालयमा जनविश्वास बढाउने र राज्यको शैक्षिक पूर्वाधार सुदृढ गर्न योगदान पुग्ने अपेक्षा गरेको छ।
— रासस
 

प्रकाशित : २० वैशाख २०८२, शनिबार 10:51
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved