विराटनगर– भारतको उडिसा राज्यस्थित केआईआईटी विश्वविद्यालयमा वीरगञ्जकी प्रिशा साहले आत्महत्या गरेको प्रारम्भिक भनाइ रहेको भए पनि परिवारजन र विद्यालयका शिक्षकहरूले यस्तो कार्य उनले गर्न नसक्ने बताएका छन्।
शुक्रबार भुवनेश्वर पुगेका प्रिशाका परिवारले छोरीसँग अन्तिमपटक बिहीबार दिउँसो तीन बजे कुराकानी भएको बताएका छन्। कुराकानीमा उनी सामान्य नै रहेको प्रिशाका अभिभावकले बताएका छन्।
ती अभिभावकले भने, ‘हामीले उनीसँग दिउँसो ३ कुरा गरेका थियौं। सबै ठिक लागिरहेको थियो र केही समय गफ गर्यौँ। तर बेलुका ८ बजे हामीले उनको मृत्युको खबर पायौँ।’
फोन गर्ने व्यक्तिले छोरीको निधन भएको र तुरुन्त भुवनेश्वर आउन भनेको भुवनेश्वर आइपुगेका परिवारका सदस्यहरूले बताएको उडिसा टिभीले उल्लेख गरेको छ।
विद्यालयस्तरदेखि नै तेजस्वी र आत्मविश्वासी स्वभावकी प्रिशा पढाइमा अब्बल मात्र नभइ तेक्वान्दोमा समेत दक्ष थिइन्। वीरगञ्जस्थित उनका पूर्वशिक्षकले नाम नबताउने शर्तमा भने, ‘प्रिशा कसैको हेपाहा व्यवहार सहन नसक्ने, सधैँ आत्मविश्वासका साथ जवाफ फर्काउने, मिलनसार र अनुशासित स्वभावकी थिइन्। यस्तो घटनाले हामी स्तब्ध छौँ।’
घटना भएको दिन नै उनले परिवारलाई फोन गरी परीक्षा सकेपछि घर फर्कन टिकटको व्यवस्था गरिदिन अनुरोध गरेकी थिइन्।
विद्यालयस्तरको अध्ययन वीरगञ्जमै पूरा गरेर उनले काठमाडौँको केएमसी कलेजबाट प्लस टु पास गरेकी थिइन्। करिब एक वर्षअघि मात्रै उनले केआईआईटी विश्वविद्यालयमा उच्च अध्ययन सुरु गरेकी थिइन्।
उक्त विश्वविद्यालयमै अध्ययनरत वीरगञ्जकी अर्की छात्राका अनुसार प्रिशा अध्ययनप्रति निकै समर्पित थिइन् र उनको व्यवहार पनि उत्कृष्ट थियो। ‘घटना थाहा पाएपछि म निकै स्तब्ध भएँ,’ उनले भनिन्।
पर्सास्थित निजी विद्यालयहरूको संस्था एनप्याब्सनका अध्यक्ष रामराज श्रेष्ठले प्रिशाकी बुबासँग कुराकानीको आधारमा घटनाको पृष्ठभूमि यस्तो रहेको बताएका छन् : ‘प्रिशाले होस्टेलमा कोठाकी साथीसँग सामान्य विवाद भएपछि कलेज प्रशासनसँग अनुरोध गरी चौथो तल्लाको अर्को कोठामा सरेकी थिइन्। त्यो कोठामा उनका दुई जना सिनियर छात्राहरू पनि बस्थे, तर अन्तिम परीक्षा सकिएपछि उनीहरू घर फर्किसकेका थिए। घटना हुँदा उनी एक्लै थिइन्।’
न्याय र सुरक्षाको लागि आह्वान
यसैबीच भारतमा रहेका नेपाली समुदायको प्रतिनिधित्व गर्ने संस्था अखिल भारतीय नेपाली एकता समाज समितिले दु:खद् घटनाको बारेमा न्यायको लागि अपील गरेको छ। समितिकी सदस्य समेत रहेकी नेपाली विद्यार्थी कौशल्या परियारले भनिन्, ‘जे भइरहेको छ त्यो ठीक छैन। चाहे त्यो केटी होस् वा केटा। लन्डन, उडिसा, नेपाल वा अन्य कुनै पनि ठाउँको अन्य व्यक्ति। यस्ता कुराहरू हुन बन्द हुनुपर्छ। हामी न्याय चाहन्छौं।
उनी नेपाली विद्यार्थी भएको कारणले मात्र होइन, अरु यसबाट गुज्रनु नपरोस् भनेर हामीले आवाज उठाउनुपर्छ।’ त्यस्तै अर्का विद्यार्थी गिरिराजले विद्यार्थीहरू यहाँ धेरै आशा र भविष्यको महत्वाकांक्षा लिएर आउने गरे पनि उनीहरूको लागि सुरक्षाको ग्यारेन्टी नभएको बताए।
उनले भने, ‘चाहे त्यो नेपाली, बंगाली वा उडिया विद्यार्थी होस्। हामी जवाफदेहिताको माग गर्छौं। बारम्बार हुने मृत्युका घटनाहरू अत्यन्तै निन्दनीय छन् र विश्वविद्यालयले आफ्नो कर्तव्य पूरा गर्न असफल भइरहेको देखाउँछ।’
शिक्षा/प्रविधि
पहाडी र हिमाली भूभागमा हल्का वर्षा एवं हिमपातको सम्भावना
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी अनिवार्य रूपमा सरकारी स्कुलमा भर्ना गर्नुपर्ने
द नेप्लिज संवाददाताकक्षा १२ को परीक्षा आइतबारदेखि : ५ लाख ११ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदै
कोशी–मधेशसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना
द नेप्लिज संवाददाताआजबाट कक्षा १२ को परीक्षा , ५ लाख बढी परीक्षार्थी सहभागी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares