विराटनगर– देशभरको मौसम आइतबार आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
बाँकी भूभागका एक–दुई स्थानमा पनि यस्तै खालको मौसम देखिने सम्भावना रहेको छ। देशका हिमाली क्षेत्रमा समेत एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
कोशी र सुदूरपश्चिम प्रदेशसहित पहाडी भूभागमा राति आंशिकदेखि साधारण बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। साथै गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।
शिक्षा/प्रविधि
पहाडी र हिमाली भूभागमा हल्का वर्षा एवं हिमपातको सम्भावना
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी अनिवार्य रूपमा सरकारी स्कुलमा भर्ना गर्नुपर्ने
द नेप्लिज संवाददाता‘आत्महत्या स्वीकार गर्न असमर्थ परिवार र विद्यालय’
द नेप्लिज संवाददाताकक्षा १२ को परीक्षा आइतबारदेखि : ५ लाख ११ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदै
आजबाट कक्षा १२ को परीक्षा , ५ लाख बढी परीक्षार्थी सहभागी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares