६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यले सम्हाले कार्यभार

द नेप्लिज संवाददाता
१२ चैत २०८१, मङ्गलबार

Advertisement

विराटनगर– नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मंगलबार साँझ पदभार सम्हाल्दै  जिम्मेवारी थालेका छन् ।

नेपाल सरकारले कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई दोस्रो पटक कार्यकारी निर्देशकको रूपमा नियुक्त गरेको थियो । शाक्यले मंगलबार प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार सम्हाल्दै शाक्यले प्राधिकरणको नेतृत्वमा ठूलो चुनौती छ भन्ने कुरा स्वीकार गर्दै यसलाई समाधान गर्न आफू तयार रहेको बताएका छन् । उनले संस्थालाई प्राथमिकता दिँदै टिमवर्कको आधारमा अघि बढ्ने विश्वास व्यक्त गरे ।
उनले लोडसेडिङको विषयमा पत्रकारको प्रश्नको उत्तर दिदैं अब नेपालमा लोडसेडिङको समस्या नहुने र पर्याप्त बिजुलीको उपलब्धता हुने आश्वासन दिए ।

त्यस्तै डेडिकेटेड र ट्रंकलाइन विवादको समाधान सम्बन्धी पत्रकारको प्रश्नमा शाक्यले भने, ‘यसको समाधान अर्धन्यायिक निकायबाट आइसकेको छ र अहिले मात्र कार्यान्वयन गर्ने बाँकी छ ।’  उनको स्वागतको लागि प्राधिकरणका कर्मचारीहरू प्रवेशद्वारमा लामबद्ध भएर उपस्थित थिए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले प्राधिकरणलाई उद्योगीहरूसँगको बक्यौता तत्काल असुल गर्न निर्देशन दिएका छन् । उनले ऊर्जा क्षेत्रलाई नेपालको समृद्धिको प्रमुख आधार मान्दै, प्राधिकरणले इमान्दारीपूर्वक जनताको पक्षमा नतिजा देखिने गरी काम गर्नुपर्नेमा जोड दिए । 

नवनियुक्त कार्यकारी निर्देशक शाक्यले योग्यता र क्षमताको अधिकतम प्रयोग गरी प्राधिकरणलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । मन्त्रालयका सचिव सुरेश आचार्यले वर्तमान चुनौतीपूर्ण अवस्थामा प्राधिकरणको साख जोगाउने गरी काम गर्न निर्देशन दिए ।

शाक्य प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङ कम्पनीमा प्रवन्ध निर्देशकका रूपमा काम गरिसकेका छन् । शाक्य प्रसारण लाइनका जानकार मानिन्छन् । उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत तयारी चरणको परियोजनामा पनि काम गरेका छन् । शाक्यको नेतृत्वमा प्राधिकरणले ऊर्जा क्षेत्रको विकासमा नयाँ गति लिने अपेक्षा गरिएको छ ।

प्राविधिक पृष्ठभूमि भएका शाक्यले प्राविधिक चुनौतीहरूलाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । सबै खाले विवादबीचको यो नियुक्ति प्राधिकरणका लागि एक नयाँ युगको सुरुआत मानिएको छ । शाक्यको नेतृत्वमा नयाँ योजनाहरू र सुधारहरूको अपेक्षा गरिएको छ ।
 

 

 

 

प्रकाशित : १२ चैत २०८१, मङ्गलबार 20:01
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved