विराटनगर: विराटनगरस्थित रत्ना होटलको सम्राट क्यासिनोमा दुई आपराधिक समूहबीच कुटाकुट भएको छ। नेपाली नागरिकलाई प्रवेश निषेध रहेको क्यासिनोमा आइतबार राति १२ बजे विवाद सिर्जना भएपछि झडप भएको हो ।
घटनामा आपराधिक पृष्ठभूमिका ‘गुण्डानाइके’ अभिषेक गिरी कुटिएका छन्। प्रहरी स्रोतका अनुसार गिरीको समूह र विवादास्पद व्यक्तित्व रोनाल कँडेल तथा किरण लामाको समूहबीच झडप भएको थियो।
कसरी भयो घटना ?
अभिषेक गिरी क्यासिनोभित्र थिए। उक्त क्यासिनोमा उनको समेत लगानी रहेको बताइन्छ। राति करिब १२ बजे कँडेल र लामा क्यासिनो प्रवेश गर्न खोज्दा बाउन्सरले उनीहरूलाई रोके। स्रोतका अनुसार यी दुई जनालाई बारम्बार झगडा गर्ने कारणले प्रवेशमा रोक लगाइएको थियो।
त्यही क्रममा अभिषेक गिरीका भतिज निकेश गिरी क्यासिनो प्रवेश गर्न लाग्दा बाउन्सरले उनलाई अनुमति दिए। तर, मदिरा सेवन गरेका कँडेल र लामाले विरोध गर्दै झगडा थाले ।
निकेशमाथि हातपात भएपछि अभिषेक गिरी बाहिर आए। उनले साथीसहित प्रतिकार गर्न खोज्दा दुई समूहबीच भनाभन हुँदै घम्सुसाघम्सी सुरु भयो। प्रत्यक्षदर्शीका अनुसार कँडेलले गमलाले प्रहार गर्दा गिरीको टाउको फुटेको छ।
प्रहरी अनुसन्धान
घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी क्यासिनोमा पुगेको थियो। तर, प्रहरी पुग्नुअगावै दुवै समूह भागिसकेका थिए। मोरङ प्रहरीका अनुसार निकेश गिरीले रोनाल कँडेल र किरण लामाविरुद्ध जाहेरी दिएका छन्। जाहेरीपछि प्रहरी घटनामा संलग्नहरूको खोजी गरिरहेको छ।
प्रहरी स्रोतका अनुसार झडपपछि गिरीको समूह कँडेल र लामाको खोजी गर्दै उनीहरूको घरसम्म पुगेको थियो। स्रोतले दुवै पक्ष मिटरब्याज, असुली, जग्गा कारोबार र ठेक्कापट्टामा संलग्न रहेको बताएको छ।
को हुन् रोनाल कँडेल ?
कँडेल मोरङ प्रहरीको निगरानीमा रहेका व्यक्ति हुन् । प्रहरी रेकर्डअनुसार उनी यसअघि सात पटक पक्राउ परिसकेका छन्। उनीविरुद्ध ज्यान मार्ने उद्योग, सार्वजनिक अपराध, अभद्र व्यवहार र ठगीजस्ता आरोपमा मुद्दा दर्ता भएका छन्।
गत भदौ १ मा उनले पूर्वमन्त्री भगवती चौधरीका छोरा द्रव्यराज चौधरी र उनका साथी बालकृष्ण चौधरीमाथि आक्रमण गरेपछि ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी दर्ता भएको थियो। २०८० पुस २७ मा होटल बिगको क्यासिनोबाहिर कँडेलमाथि खुकुरी प्रहारसमेत भएको थियो।
'कांग्रेस संरक्षित गुण्डा' भनेर चिनिने अभिषेक गिरीको पृष्ठभूमि
अपहरण तथा शरीर बन्धक मुद्दामा जेल बसिसकेका अभिषेक गिरी नेपाली कांग्रेसका नेताहरूको संरक्षणमा रहेको आरोप लाग्ने गर्छ। २०७१ सालमा फिरौती मागेको आरोपमा पक्राउ परेका उनी २०७९ चैत ६ गते जेलमुक्त भएका थिए।
जेलबाट छुटेपछि उनले 'गिरी फाउन्डेशन' खोलेका छन् । 'कोशी सुधार अभियान' सञ्चालन गर्छन्। तर, उनलाई मिटरब्याज, ठेक्कापट्टा र व्यवसायीलाई धम्क्याउनेजस्ता आपराधिक क्रियाकलापमा संलग्न भएको आरोप लाग्ने गरेको छ।
सम्राट क्यासिनोमा भएको झडप दुई आपराधिक समूहबीचको पुरानो दुश्मनीको परिणाम हो। घटनामा संलग्नहरूको खोजी भइरहेको भए पनि क्यासिनोमा निरन्तर हुने यस्ता आपराधिक गतिविधिहरूलाई नियन्त्रण गर्न प्रहरीको भूमिका चुनौतीपूर्ण देखिएको छ।
उनी विगतलाई सुधार्दै विकास निर्माणको ठेक्कालगायत व्यापारसँग कांग्रेस राजनीतिमा पनि सक्रीय छन् ।
एमाले जिल्ला सदस्य लामा
नेकपा एमालेको संरक्षणमा रहेको किरण लामा लामो समयदेखि अपराधिक गतिविधि गर्दै आएको स्थानीय बताउँछन् । उनलाई एमालेका जिल्लादेखि केन्द्रसम्मका नेताहरुको संरक्षण रहेको हो । त्यसैले उनी हालै सम्पन्न एमालेको १० औँ जिल्ला अधिवेशनबाट जिल्ला कार्य समिति सदस्यमा निर्वाचित पनि भएका हुन् ।
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares