वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै देशबाट हुने आयातमा १० प्रतिशत ‘आधारभूत’ शुल्क लागू गर्ने घोषणा गरेपछि विश्व बजारमा ठूलो उतारचढाव आएको छ । अमेरिकी बजारमा व्यापक गिरावट आएको छ भने चीनसहित धेरै देशहरूले प्रतिवादको तयारी गरेका छन् ।
राष्ट्रपति ट्रम्प र उनका सल्लाहकारहरूले भने यो निर्णयबाट पछि नहट्ने अडान लिएका छन् । ट्रम्पले भने, ‘कहिलेकाहीँ उपचार गर्न कडा औषधि आवश्यक पर्छ,’ भन्दै शुल्क लागू गर्नु आवश्यक कदम भएको बताए ।
शुक्रबार अमेरिकी शेयर बजारका तीन प्रमुख सूचकांकहरू ५ प्रतिशतभन्दा बढीले ओरालो लागे । अमेरिकी शेयर बजारको सूचकांक ‘एस एण्ड पी ५००’ डन्डेक्समा झन्डै ६ प्रतिशतको गिरावट आएको छ जुन सन् २०२० यताकै सबैभन्दा कमजोर साता हो । यसमा ५ सय ठूला कम्पनि आबद्ध छन् । उता आइतबार कारोबार गर्ने साउदी अरबको बजारमा ७ प्रतिशतले गिरावट आएको छ ।
अमेरिकी वाणिज्य सचिव हावार्ड लुटनिकले शुल्क हट्ने सम्भावना नरहेको बताउँदै भने, ‘यो नीति अहिले यथावत् रहनेछ ।’ उनले ९ अप्रिलदेखि ६० देशमा थप शुल्क लागू हुने जानकारी दिए । तीमध्ये केही देशहरूलाई ‘नियम उल्लंघनकर्ताहरू’ भनेर चिनाइएको छ ।
साथै ट्रम्प प्रशासनले दुईवटा टापुहरूमा समेत शुल्क लगाएको छ, जुन चिनियाँ सामानहरू त्यहाँबाट अमेरिका भित्रिने आशंकामा गरिएको बताइएको छ । ट्रम्पका आर्थिक सल्लाहकार स्कट बेसेन्ट र केभिन ह्यासेटका अनुसार ५० भन्दा बढी देशहरूले अमेरिकासँग व्यापार वार्ता सुरु गर्न चासो देखाएका छन् । यद्यपि, कुन–कुन देशले वार्ता चाहेको हो भन्ने खुलाइएको छैन ।
चीनले बिहीबारदेखि अमेरिकी सामानहरूमा ३४ प्रतिशत शुल्क लगाउने घोषणा गरेको छ । भियतनामले ट्रम्पलाई ४६ प्रतिशत शुल्क कम्तीमा ४५ दिन रोक्न अनुरोध गरेको छ । उता इन्डोनेसिया र ताइवानले भने अमेरिकी कदमको जवाफमा तत्काल शुल्क नलगाउने निर्णय लिएका छन् ।
बेलायती प्रधानमन्त्री केयर स्टारमरले ‘संसार फेरिएको छ’ भन्दै व्यापार युद्ध टार्न अमेरिकासँग सम्झौता गर्नुपर्ने बताए । उनले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँगको फोन वार्तामा ‘पूर्ण व्यापार युद्ध कसैका लागि उपयोगी छैन’ भन्नेमा सहमति भएको जनाएका छन् ।
अमेरिकाभित्र राष्ट्रपति ट्रम्पको निर्णयको विरोधमा लाखौं नागरिकहरू सडकमा ओर्लिएका छन् । बस्टन, न्यूयोर्क, लस एञ्जलस र वासिङ्टन डीसी लगायतका शहरहरूमा भएको प्रदर्शन हालसम्मकै ठूलो देखिएको छ ।
अर्थ/वाणिज्य
राजनीतिक हस्तक्षेप र उमेर हद हटाउने संशोधनमाथि सर्वोच्चको लगाम : गभर्नर नियुक्तिमा निष्पक्षता खल्बल्याउने चिन्ता
सञ्चालकहरूलाई कैद र जरिवाना, पीडितलाई रकम फिर्ता हुने मार्ग खुल्यो
पहिलो प्रदेश लगानी सम्मेलन कोशीमा हुँदै
द नेप्लिज संवाददातासर्वसाधारणको १ करोड २ लाख रुपैयाँ अरुको खातामा
जितेन्द्र साहभरिया कुसाङ लामा थुनामा, मुख्य नाइके नारायण पौडेल फरार
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares