६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

कन्टिनेन्ट र राउतले बजारमा ल्यायाे स्याटेलाइट मोनिटरिङ प्रणालीकाे एक्जाभेटर

द नेप्लिज संवाददाता
९ चैत २०८१, शनिबार

Advertisement

विराटनगर– नेपालका लागि कोमात्सु हेभी इक्विप्मेण्टको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि र राउत कन्ट्रक्सन सर्भिसेज प्रालिले स्याटेलाइट मोनिटरिङ प्रणालीसहितको पीसी२०५–१०एम जिराे मोडलको एक्जाभेटर बजनरमा ल्याएकाे छ ।

निर्माण क्षेत्रमा प्रयोग हुने विभिन्न हेभी इक्विप्मेन्टअन्तर्गत कोमात्सु कम्पनीको उक्त नयाँ मोडलको एक्जाभेटर शुक्रबार साँझ मोरङको विराटचोकमा औपचारिक रुपमा सार्वजनिक गरिएको हाे । सार्वजनिक गरिएको उक्त एक्जाभेटर इन्धन खपतमा किफायती र उच्चतम् कार्यक्षमताको भएको कन्टिनेन्टलका कार्यकारी निर्देशक टंकप्रसाद भट्टकाे भनाइ छ ।

´याे एक्जाभेटर नेपालको निर्माण क्षेत्रको आवश्यकताहरू पूरा गर्नेगरी नयाँ डिजाइन गरिएको यो मेसिनको सुरुको लागत र त्यसपछिको सञ्चालन खर्च पनि अविश्वसनीय किफायती रहेको छ,` उनले भने, ´नेपालको पूर्वाधार क्षेत्रमा जुनसुकै भूगोलमा पनि यो उपकरण बरदान सावित हुने गरि निर्माण गरिएकाे हाे ।` २१ टन क्षमताकाे याे एक्जाभेटर हेभी ड्यूटीका जुनसुकै काममा प्रयोग गर्न सकिने कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका कार्यकारी निर्देशक भट्टले बताए ।

उक्त एक्जाभेटरकाे नेपाली बजारमा १ कराेड १५ लाख मूल्य भए पनि बिक्रेताले अहिले एक महिनाभरिमा खरिद गर्नेलाई ५ लाख छुट दिने याेजना ल्याएकाे छ ।

कोमात्सु हेभी इक्विप्मेन्ट श्रेणीमा विश्वभर ख्याति कमाएको जापानिज कम्पनी हो । यो कम्पनीले भारतसहित दक्षिण एसियाली मुलुकको निर्माण क्षेत्रको आवश्यकता पूरा गर्नका लागि चेन्नईमा एसेम्बलिङ प्लान्ट राखेको छ । जसले गर्दा लामो दुरीको ढुवानी खर्च कम भई मेसिनको डेलिभरीसमेत छिटो हुने गरेको कम्पनीले जनाएको छ । मुख्यत: इन्जिन भने प्यारेन्ट कम्पनीबाटै आउने भएकाले संसारभरि नै कोमात्सु कम्पनीका हेभी इक्विप्मेन्टका उपकरणहरूको गुणस्तर समान हुने कम्पनीको भनाइ छ ।

कार्यक्रममा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका अध्यक्ष सुहृदयराज घिमिरे र राउत कन्ट्रक्सन सर्भिसेज प्रालिका अध्यक्ष राजेन्द्र राउतलगायत कम्पनीका बोर्ड अफ डाइरेक्टरको उपस्थिति थियो । त्यस्तै पूर्वाधार तथा निर्माण क्षेत्रमा कार्यरत विभिन्न व्यवसायीहरूको पनि बाक्लो सहभागिता थियो ।

हेभी इक्विप्मेन्टतर्फ कोशी तथा मधेस प्रदेशमा ख्याति जमाएको मोरङस्थित राउत कन्ट्रक्सन सर्भिसेज प्रालि विगत २१ वर्षदेखि कोमात्सु कम्पनीको हेभी इक्विप्मेन्ट उपकरणहरूको बिक्री तथा सर्भिसिङ सेवा दिँदै आएको छ । यो कम्पनीले निर्माण क्षेत्रको मागअनुसार मेसिनहरूको हाइरिङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ । 

प्रकाशित : ९ चैत २०८१, शनिबार 14:01
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved