विराटनगर- यो वर्ष १८ देशमा १ सय २४ जना पत्रकार मारिएको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे)को प्रतिवेदनले जनाएको छ । यो प्रतिवेदनले संसारभर सञ्चारकर्मीले अत्यधिक जोखिममा काम गरिरहनु परेको भन्छ ।
यो वर्षको रेकर्ड पछिल्लो तीन दशककै सबैभन्दा उच्च भएको सीपीजेको विश्लेषण छ । यस अगाडि सन् २००७ मा इराक युद्धको बेला १ सय १३ पत्रकारको मृत्यु भएको थियो। यस वर्ष इजरायल प्यालेस्टाइन युद्धका क्रममा यति धेरै पत्रकारको ज्यान गएको हो ।
प्रतिवेदन अनुसार सबैभन्दा धेरै इजरायलसँगको युद्धको क्रममा प्यालेस्टाइनी पत्रकारले ज्यान गुमाएका छन् । इजरायल गाजा युद्धमा ८५ पत्रकार मारिएको उसले भनेको छ ।
सन् २०२३ मा ७८ पत्रकार यो युद्धमा मारिएका थिए। मुख्यतः गाजालाई कार्य क्षेत्र बनाएका पत्रकार उच्च जोखिममा देखिए । सन् २०२४ मा गाजामा मात्रै ८२ जना र लेबनानमा तीन पत्रकार मारिएको सीपीजेले भनेको छ ।
दक्षिणी गाजामा विस्थापित शरणार्थीहरूको बारेमा बुझेर फर्किरहेका बेला स्वतन्त्र भिडियो पत्रकार मुस्तफा थुरायासँगै जनवरी ७ मा अल जजिरा टेलिभिजनका क्यामेरा अपरेटर २७ वर्षीय हम्जा अल दहदौहलाई इजरायली ड्रोनले प्रहार गरिएको थियो।
हम्जा, अल जजिराका गाजास्थित ब्युरो प्रमुख वेल अल दहदौहका छोरा हुन्। छोराको ज्यान जानुअघि इजरायली आक्रमणबाट वेल अलले परिवारका अन्य चार सदस्य गुमाएका थिए। इजरायलले हम्जा अल दहदौहलाई हमासको सैन्य सहयोगी भनेर दाबी गरेको छ । अल जजिराले आफ्नो सदस्यविरुद्ध इजरायली सेनाले लगाएको आरोपको खण्डन गर्दै आएको छ ।
२०२४ जुलाई ३१ मा अल जजिरामा कार्यरत २७ वर्षीय प्यालेस्टिनी पत्रकार इस्माइल अल घोउल र क्यामेरा पर्सन रमी अल रेफी सवार कारमा इजरायली सेनाले लक्षित गरेर ड्रोन हान्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो। अल घोल र अल रेफी गाजा सहर नजिकैको शरणार्थी शिविरमा रिपोर्टिङ गर्दै थिए।
इजरायलले उनीहरुलाई पनि आतंकवादीको संज्ञा दिए पनि अलजजिराले अस्वीका गरेकाे छ। यो विषय अन्तर्राष्ट्रिय समुदायलाई बारम्बार सम्बोधन गर्न सीपीजेले आह्वान गरेको छ ।
सीपीजेले थप २० पत्रकार हत्याकाको अनुसन्धान गरिरहेको जनाएको छ। ‘अन्तर्राष्ट्रिय मानवीय कानुनमा पत्रकारहरूलाई नागरिक मानिएकोले द्वन्द्वमा लक्षित गर्नु युद्ध अपराध हो’, सीपीजेको प्रतिवेदनमा भनिएको छ।
इजरायल–हमास द्वन्द्वमा मारिएका पत्रकार अहमद अबु स्केइल र बहिनी जाहरा अबु स्केइल दनोभेम्बरमा स्कूल बम बिस्फोटमा परेका थिए। मारिनेमा उनका पत्रकार भतिजा पनि थिए।
दक्षिणी लेबनानमा इजरायली आक्रमणमा विसाम कासेम, घसान नज्जर र मोहम्मद रेदाको हत्या भएको थियो। स्वतन्त्र फोटोग्राफर, १८ वर्षीय अल हसन हमाद पनि अक्टोबर ६ मा ड्रोन प्रहारमा मारिए। हमाद मारिने पत्रकारमध्ये सबैभन्दा कान्छो पत्रकार हुन् ।
२४ पत्रकारलाई योजनाबद्ध ढंगले मारिएको प्रतिवेदनमा उल्लेख छ। गाजा र लेबनानमा १० वटा यस्ता घटना भएका छन् ।
सीपीजेको प्रतिवेदनअनुसार अन्य १६ मुलुकमा ३९ पत्रकारको ज्यान गएको छ । यस पछि सबैभन्दा धेरै सुडान र पाकिस्तानमा ६/६ जना पत्रकारको हत्या भएको छ। मेक्सिकोमा ५, सिरियामा ४, म्यान्मारमा ३, इराकमा ३ र हाइटीमा २ जना मारिएको प्रतिवेदनमा उल्लेख छ।
हाइटी, मेक्सिको, पाकिस्तान, म्यानमार, मोजाम्बिक, भारत, इराक र सुडानका १४ पत्रकारको हत्याको कारणबारे सीपीजेले वर्गीकरण गरेको छ। हत्याबाहेक युद्ध वा क्रस फायरमा पनि पत्रकारको मृत्यु भएको भनिएको छ ।
सुडानमा यो दुई वर्षको गृहयुद्धमा हजारौंको ज्यान गएको छ । लाखौं विस्थापित छन् । तीन पत्रकार पनि त्यहाँ कामको क्रममा मारिएका छन्। अन्य चार सञ्चारकर्मी पनि मारिएका छन्।
सन् २०२१ देखि पाकिस्तानमा पत्रकारको हत्या भएको थिएन ।पाकिस्तानमा सन् २०२४ मा ६ जना पत्रकार मारिएका छन् । बढिरहेको राजनीतिक अशान्ति र मिडिया सेन्सरसीपलाई यस पछाडिको कारण मानिएको छ । पाकिस्तान र सुडानमा इजरायलपछि सन् २०२४ मा सबैभन्दा बढी पत्रकार मारिएका हुन् ।
मारिएका एक तिहाइभन्दा बढी (४३) स्वतन्त्र पत्रकार र मिडियाकर्मी थिए । तीमध्ये ३१ स्वतन्त्र पत्रकार गाजामा मारिए। सन् २०२३ मा १४ स्वतन्त्र पत्रकार गाजामा मारिएका थिए।
अन्तर्राष्ट्रिय मिडियालाई पनि स्वतन्त्र पत्रकारहरुकै भरपर्नु पर्ने अवस्था छ। इजरायलले विदेशी पत्रकारहरूलाई उक्त क्षेत्रमा प्रवेश निषेध गरेको छ। सीपीजेले सरकार, मानवअधिकारवादी संघसंस्था, मिडिया हाउस, पत्रकारको सुरक्षालगायतमा विविध प्रकारका रचनात्मक सुझाव पनि दिएको छ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares