४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

पाकिस्तानमा विद्रोहीको नियन्त्रणमा रेल घटना

'हाम्रो आँखै अगाडि मारिए'

द नेप्लिज संवाददाता
२९ फागुन २०८१, बिहीबार

Advertisement

विराटनगर- महेबूब हुसैन मंगलबार घर फर्किने रेलमा सवार थिए, जब अगाडि रहेको डिब्बाको तल ट्रयाक विस्फोट भयो।

पाकिस्तानको मध्य भागमा रहेको बोलन पासको दुर्गम क्षेत्रमा, जहाँ इन्टरनेट वा मोबाइल सञ्जालसमेत छैन, नौ डिब्बे जाफर एक्सप्रेस रोकियो। त्यसपछि गोली चल्न थाल्यो। 'म आक्रमण भएको रेलमा यात्रु थिएँ,' हुसैनले बीबीसी उर्दूसँग भने।

उनीसहित करिब ४ सय ४० यात्रु क्वेट्टाबाट पेशावर जाँदै थिए, जब बलुचिस्तानको विद्रोही समूह बलुच लिबरेशन आर्मी (बीएलए) ले रेलमाथि आक्रमण गर्‍यो । उनीहरूले ट्र्याकमा बम विस्फोट गराए, रेलमाथि गोली चलाए, र त्यसपछि डिब्बाहरूमा प्रवेश गरे।

बीएलएले छिट्टै घटनाको जिम्मेवारी लियो र पाकिस्तानी अधिकारीहरूले ४८ घण्टाभित्र बलुच राजनीतिक बन्दीहरू रिहा नगरे उनीहरूले यात्रुहरूलाई मार्ने धम्की दिए।

यो समूहलाई धेरै देशहरूले आतंकवादी संगठनको रूपमा लिएका छन्। उनीहरूले दशकौँदेखि बलुचिस्तानलाई स्वतन्त्र बनाउने संघर्ष गरिरहेका छन्, इस्लामाबादले यस क्षेत्रमा रहेका खनिज स्रोतहरूको शोषण गरेको आरोप लगाउँदै।

बीएलएले  यसअघि पनि सैनिक क्याम्प, रेलवे स्टेसन र रेलहरूमा आक्रमण गरिसकेको छ। तर, पहिलो पटक उनीहरूले रेल अपहरण गरेका थिए।

३० घण्टा लामो बन्धक

३० घण्टाभन्दा बढी चलेको यो संकटमा ३०० यात्रुहरूलाई मुक्त गरिएको छ। आधिकारिक विवरणअनुसार ३३ बीएल लडाकु, २१ यात्रु, र ४ सैनिक मारिएका छन्। तर, अन्य रिपोर्टहरूले अझै पनि धेरै यात्रुहरूको अवस्थाबारे अन्योल रहेको संकेत गर्छ।

आक्रमण र त्यसपछि भएको उद्धार अभियानबारे सटीक जानकारी नियन्त्रणमा राखिएको थियो। तर बीबीसीले केही प्रत्यक्षदर्शीहरूसँग कुरा गर्‍यो, जसले 'विनाशकारी दृश्यहरू' देखेको बताए। इसहाक नूरले बीबीसी उर्दूसँग भने, 'हामी गोली चलेको बेला स्वास थामेर बस्यौं, थाहा थिएन के हुन्छ।'

गोली हानाहान

रेलमा सवार एक रेलवे प्रहरी अधिकृतका अनुसार, पाकिस्तान सरकारको प्रारम्भिक रिपोर्ट विपरीत, रेल सुरुङभित्र नभएर खुला क्षेत्रमा रोकिएको थियो।

बीएलएले पनि आक्रमणको भिडियो सार्वजनिक गरेको छ, जसमा ठूलो ढुंगाको पहाडको फेदमा रहेको रेल ट्र्याक देखिन्छ।

प्रहरी अधिकृतले बताएअनुसार, 'हामी केही प्रहरी अधिकारीहरू मिलेर लड्यौं, तर केही बेरमा हाम्रा गोलीहरू सकिए।' 'उनीहरू (बीएलए) पहाडमाथि सयौँको संख्यामा थिए। हामीसँग जम्मा चार रेलवे प्रहरी र दुई जना अर्धसैनिक फोर्सका जवान मात्र थिए।'

रेलमा कम्तीमा १०० जना सुरक्षाकर्मीहरू थिए, पाकिस्तानी अधिकारीहरूको भनाइअनुसार, 'मैले साथीलाई भने, 'मलाई जी-३ राइफल देऊ, यो राम्रो हतियार हो।' मैले सावधानीपूर्वक गोली चलाएँ, ताकि उनीहरू नजिक नआउन्। तर, डेढ घण्टामा हाम्रा सबै गोली सकिए। हामी असहाय भयौँ ।'

जब रेलमा भएका सुरक्षाकर्गोमीले गोली चलाउन सकेनन्, बीएलए लडाकुहरू पहाडबाट ओर्लिए र यात्रुहरूलाई बाहिर निकाल्न थाले।

'उनीहरूले यात्रुहरूको परिचयपत्र जाँच्दै उनीहरूलाई जातीय रूपमा छुट्याए। उनीहरूले बलुची भाषामा भने, 'हामीले सरकारसँग माग गरेका छौं। यदि पूरा भएन भने, हामी कसैलाई बाँकी राख्ने छैनौं।'

प्रहरी अधिकारीले भने, 'उनीहरूले आदेश पाउँदै थिए। आदेश आयो कि मार्नुपर्छ, अनि उनीहरूले समातेर मान्छे मार्न थाले। सैनिक र सर्वसाधारण दुवै मारिए।'

पहिलो मुक्तिप्राप्ति

केही यात्रुहरूलाई भने केही नभनी जान दिइयो। तीमध्ये थिए महिला, बालबालिका, वृद्ध र बलुचिस्तानमा बसोबास गर्नेहरू । नूर मोहम्मद तीमध्ये एक थिए। उनले भने,' हामीलाई 'बाहिर निस्क, नत्र गोली हानेर मार्छौं' भनियो।'

उनले श्रीमती अझै डिब्बामा रहेको बताएपछि लडाकुहरूले उनलाई पनि बाहिर ल्याइदिए। अनि भने, 'सीधा हिँड, पछाडि नहेर्नू।' उनीहरू जंगल हुँदै हिँडेर बेलुका ७ बजे पनीर रेलवे स्टेसन पुगे।

रातभर गोलीबारी

रात पर्दै गर्दा बीएलए लडाकुहरू बिस्तारै हट्न थाले‌ । 'उनीहरू गलेर एकअर्कालाई अँगालो हाल्दै थिए, ७०-८० जना गइसके, तर २०-२५ जना त्यहीँ बसिरहे,' एक प्रहरी अधिकारीले भने। तर राति १० बजे हिंसा फेरि भड्कियो।

'केही मानिस भाग्न खोजे, उनीहरूले देखे र गोली चलाए। त्यसपछि सबै जमीनमा पल्टिए,' महेबूब हुसैनले भने, 'मेरो छेउमा रहेका पाँच छोरीका बुबालाई गोली हानियो, जब तपाईंको आँखै अगाडि कोही मारिन्छ, के गर्ने थाहा हुँदैन।'

बिहानीमा उद्धार

बुधबार बिहान प्रार्थनाको समय पाकिस्तानी अर्धसैनिक फोर्स (एफसी) ले बीएलए लडाकुहरूलाई घेराबन्दीमा पार्दै फायरिङ सुरु गर्‍यो ‌‌। 'एफसीको गोलीबारीले उनीहरूको ध्यान अन्यत्र मोडियो। यही मौकामा हामी भाग्यौं,'एक प्रहरी अधिकारीले भने।

भाग्ने क्रममा उनका साथीलाई पछाडिबाट गोली लाग्यो।उनले मलाई भने, 'मलाई छोडिदेऊ।' तर मैले भने, 'म तिमीलाई काँधमा बोकेर लैजान्छु।' अन्ततः उनीहरू पहाडबाट तल ओर्लिएर सुरक्षित स्थानमा पुगे।

के अझै यात्रुहरू हराइरहेका छन्?

सैनिक र अर्धसैनिक बलहरूले मंगलबारदेखि नै घेराबन्दी गरेका थिए। बुधबार, सेनाले बन्धक बनाउनेहरूलाई मारेर स्थल नियन्त्रणमा लिएको बतायो।

अधिकारीहरूले भने, 'रेलमा ४४० यात्रु थिए, जसमध्ये ३०० मुक्त गरिएका छन्। तर, बाँकी १४० को अवस्था अझै स्पष्ट छैन।' केही स्रोतहरूले बीएलए लडाकुहरूले यात्रुहरूसँगै भागेको बताएका छन्। नूर, जो अहिले आफ्नो गाउँमा राहत वितरण गरिरहेका छन्, जीवन बचेकोमा कृतज्ञ छन् । 'भगवानको धन्यवाद,' उनले भने, 'उहाँले हामीलाई बचाउनुभयो।'

प्रकाशित : २९ फागुन २०८१, बिहीबार 20:08
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved