६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

काठमाडौंमा शान्ति पदयात्रा

२० चैत २०८१, बुधबार

Advertisement

विराटनगर– नेपाल प्राज्ञिक मञ्चले १५ चैतमा भएको तीनकुने हिंसाका सन्दर्भमा काठमाडौंमा बुधबार ‘शान्ति पदयात्रा’ गरेको छ ।

दिवंगत दुई युवा र अन्य घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनाका लागि पदयात्रा गरिएको हो । प्राज्ञ जगमान गुरुङसहितको सहभागिता रहेको उक्त शान्ति पदयात्रा भद्रकालीमा जम्मा भएर रत्नपार्क, जमल, नारायणहिटी चारनारायण मन्दिरसम्म गरिएको थियो ।

यसैबीच उक्त हिंसामा दाजु–बहिनीमाथि गोली प्रहार भएको घटनाप्रति संविधानविद् भिमार्जुन आचार्यले चिन्ता व्यक्त गरेका छन् । उनले उक्त घटनामा सविन महर्जन र सुरेश रजक जस्तो निहत्थाको ज्यान गएको र सोही क्रममा दाजु–बहिनीः दिनेश र रेविका खत्रीमाथि प्रहरीले गोली चलाएको विषयमा चिन्ता व्यक्त गरेका हुन्।

साथै उनले मानव अधिकार आयोगको औचित्यबारे प्रश्नसमेत उठाएका छन्। ‘राज्यको आतंकमा यसपटक हामी मिडिया, नागरिक समाज र जिउँदा मान्छे भन्ने सबै नराम्रोसँग चुक्यौं,’ सामाजिक सञ्जालमा उनी लेख्छन्,’ राष्ट्रिय मानव अधिकार आयोगको त अब रहनु र नरहनुको कुनै अर्थ र औचित्य बाँकी रहेन ।’

उनको सो स्टाटस राखेको केही समयमै फेसबुकबाट हटेको छ । उक्त स्टाटस हट्नुमा राज्यको अघोषित सेन्सरसिपको आशंका पनि गरिएको छ । ‘मेरो भर्खरैको स्टाटस् फेसबुमा सिन छैन । लोकतन्त्रको कार्यान्वन सुरू भए जस्तो छ,’ स्टाटस हटेपछि उनले लेखेका छन् ।
 

प्रकाशित : २० चैत २०८१, बुधबार 13:01
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved