६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

शान्ति सम्झौताका लागि अग्रसर साउदी अरब र कतार

द नेप्लिज संवाददाता
२७ फागुन २०८१, मङ्गलबार

Advertisement

विराटनगर– यूक्रेन र अमेरिकाका अधिकारी मंगलबार साउदी अरबमा भेट गर्दैछन् । यी वार्ताले रूस–यूक्रेन बीच युद्धविरामको मार्ग खोल्न सक्छ । सवाल खडा हुन्छ, यो वार्ताका लागि साउदी अरबलाई किन चयन गरिएको हो ?

साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति व्लादिमिर पुटिनसँगका राम्रो सम्बन्ध यसमा महत्वपूर्ण भूमिका छ । साउदी अरबले भनेको छ कि उसले रूस र यूक्रेनको संघर्षमा मध्यस्थको रूपमा सक्रिय भूमिका खेल्नेछ । 

साउदी अरबको छिमेकी कतार पनि गत दुई दशकमा विश्वभरि मध्यस्थता गर्ने देशको रूपमा उभिएको छ । यसले इजरायल र हमास बीच गाजामा युद्धविराम गराउनमा पनि महत्वपूर्ण भूमिका खेलेको छ । यसअघि पनि कतारले धेरै शान्ति सम्झौताहरु गराएको छ ।

तर त्यहि साउदी अरब र कतारलाई अन्तर्राष्ट्रिय शान्ति सम्झौताका लागि किन चयन गरिन्छ ? र के यसले दुवैका बीच शत्रुता पनि पैदा गरेको छ । साउदी अरबले हौती विद्रोहहरु माथि हवाई आक्रमण र गोला प्रहार गरेर यमनको गृहयुद्धमा दखल दिएको थियो । दशकौँसम्म आफ्ना आक्रामक रुखलाई कायम राखेपछि साउदी अरबले अब शान्ति सम्झौता गराउने भूमिकालाई अंगिकार गरेको छ ।

सन २०१५ मा साउदी अरबले यमनको गृहयुद्धमा त्यहाँको वर्तमान सरकारको साथ दिएको थियो । सरकार विरुद्ध लडिरहेका हौती विद्रोहिहरू माथि उसले हवाई आक्रमण र गोला प्रहार गरेको थियो । २०१७ मा लेबनान सरकारले साउदी अरबमाथि आरोप लगाएको थियो कि उसले त्यहाँका प्रधानमन्त्री सैयद अल–हरिरीलाई हिरासतमा लिएको थियो । लेबनानले भनेको थियो कि साउदी अरबले उसकै प्रधानमन्त्रीलाई मुद्दा चलाएर उनलाई राजीनामा दिन बाध्य पार्ने प्रयास गरेको हो ।

२०१८ मा साउदी सरकारको मुखर आलोचक पत्रकार जमाल खाशोगीको इस्तानबुलस्थित साउदी अरबको दूतावासमा हत्या गरिएको थियो । वाशिंगटनस्थित मिडल इस्ट इन्स्टिच्यूटका पॉल सालेमले बीबीसीलाई भने, ‘शुरूमा मोहम्मद बिन सलमानको नेतृत्व शैलीले टकराव पैदा गर्यो । यद्यपि अब साउदी अरबको नेतृत्वले महसुस गरेको छ कि उनी टकराव बढाउनेभन्दा शान्तिका लागि मध्यस्थता गरेर ठूलो भूमिका खेल्न सक्छन् ।’

मध्यपूर्वका विषयका विशेषज्ञ र अमेरिकी थिंक ट्यांक वाशिंगटन इन्स्टिच्यूटसँगको एलिजाबेथ डेन्टले सोचेको छ कि साउदी अरबको उद्देश्य मध्यपूर्वमा स्थिरतालाई प्रोत्साहन गराउने हो । यही कारण हो कि उसले शान्ति सम्झौतामा मध्यस्थता गरिरहेको छ । डेन्टले बीबीसीलाई भनिन्,‘वास्तवमा यो उनका सोचविचारको रणनीतिको हिस्सा हो । साउदी अरब अब तेल निर्यातमा निर्भरता समाप्त गर्न चाहन्छ । उसले चाहन्छ कि अर्थतन्त्रका नयाँ क्षेत्रहरूको विकास होस् । यसका लागि उसले विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्न चाहन्छ । मध्यस्थता गर्ने भूमिकाको पछाडि यही रणनीति लुकेको छ ।

साउदी अरबले १९८९ मा ताइफ सम्झौता गराएको थियो, जसको कारण लेबनानमा १९८९ मा गृहयुद्ध समाप्त भएको थियो । साउदी अरब धेरै दशकसम्म शान्ति सम्झौता गर्नमा संलग्न भएको छ । सन  १९८९ मा यसले लेबनानमा लड्ने संगठन बीच सम्झौता गराएको थियो । यस मध्यस्थताले ताइफ सम्झौतामा मार्गनिर्देशन गर्यो जसको कारण १९९० मा १५ वर्ष पुरानो गृहयुद्ध समाप्त भयो ।

सन २००७ मा, साउदी अरबले मक्का सम्झौता गराएको थियो ।   यसले प्यालेस्टिनी समूह हमास र फतह बीच दुश्मनी समाप्त गराएको थियो । अब एक पटक फेरि प्रिन्स मोहम्मद बिन सलमानको नेतृत्वमा साउदी अरबले मध्यस्थता गर्ने भूमिका अपनाएको छ ।

साउदी अरब २०२२ देखि यमनमा शान्ति कायम गर्नको प्रयासमा छ । साउदी अरबले हौती विद्रोहिहरूसँग विभिन्न चक्रमा वार्ता गरेको छ जसले गर्दा त्यहाँ गृहयुद्ध समाप्त गर्न सकियोस् । सूडानको सेन र विद्रोही समूह ’रेपिड सपोर्ट फोर्सेज’ बीच सुलह गराउनका लागि साउदी अरबले दुवै पक्षसँग धेरै चक्रमा कुराकानी गरेको छ ।

साउदी अरबको मध्यस्थतामा नै २०२२ मा रूस र यूक्रेन बीच २५० भन्दा बढी युद्धबन्दीहरूलाई फिर्ता गर्ने सम्झौता भएको थियो । यस वर्षको जनवरीमा इजरायल र हमास बीचको युद्धविराममा इजिप्ट र अमेरिकासँग कतारको पनि महत्वपूर्ण भूमिका थियो । सन २०२० मा कतारले तालिबान र अमेरिका बीच सम्झौतामा महत्वपूर्ण भूमिका खेलेको थियो ।

यस सम्झौतापछि मात्र त्यहाँ अमेरिका र तालिबान बीचको १८ वर्ष पुरानो युद्ध समाप्त भएको थियो । यसपछि अमेरिकाले आफ्ना सैनिक फिर्ता बोलाएको थियो । अफगानिस्तानमा तालिबानको कब्जा भएको थियो । सन २०१० मा यसले यमनमा हौती विद्रोहिहरू र यमन सरकार बीच सम्झौता गराएको थियो । यद्यपि यो सम्झौता पछि भंग भएको थियो ।

कतारले अफ्रिाकामा पनि धेरै शान्ति सम्झौताहरु गराएको छ । २०२२ मा यसले चाडको सरकार र विभिन्न विपक्षी समूहहरू बीच सम्झौता गराएको थियो । २०१० मा कतारले सूडान सरकार र दारफुरमा सक्रिय हतियारबन्द समूहहरू बीच शान्ति सम्झौता गराएको थियो । 

२००८ मा कतारले लेबनानमा लड्ने विद्रोही समूहहरू बीच सम्झौता गराएको थियो । यो सम्झौता त्यस्तो समयमा गराइएको थियो जब यो देश गृहयुद्धको कगारमा थियो । मध्यस्थता गर्ने भूमिकामा कतरको एक प्रमुख उद्देश्य भएको हो । कतारको खाडीमा ठूलो ग्यास रिजर्भ छ । यसलाई नोथे होम र साउथ पार्स फिल्डका रूपमा चिनिन्छ । यसको खोज १९९० मा भएको थियो ।

लन्डनमा रॉयल युनाइटेड सर्भिसेज इन्स्टिच्यूटका डा. एचए हेलेयरले भन्छन् कि यी ग्यास रिजर्भहरू कतार र ईरानको जल क्षेत्रहरूमा फैलिएको भएकाले, ईरानलाई सहयोग गर्नु उसको बाध्यता थियो । यो पनि वास्तविकता हो कि ती दिनहरूमा इरान र साउदी अरेबियाबीच दुश्मनी थियो ।

डॉ. हेलेयर भन्छन् कि जब कतारले आफ्नो ग्यास क्षेत्रको खोज ग¥यो, तब उसले महसुस ग¥यो कि यसको दोहनका लागि उसले आफ्नै मार्ग खोज्नुपर्छ ।  त्यसैले उसले मध्यस्थ बन्ने बाटो रोज्यो ।

उनी भन्छन्,‘कतारले महसुस ग¥यो कि यदि उसले विभिन्न देशहरू बीच शान्ति सम्झौता गराउन मद्दत गर्छ भने, त्यो विभिन्न राष्ट्रहरूसँग आफ्नो सञ्जाललाई अझ राम्रो बनाउन सक्छ । यसले उसको समर्थन बढाउन सक्छ ।’ कतारले २००४ मा अंगिकार गरेको संविधानमा मध्यस्थताको भूमिका समावेश गरिएको छ । 

डॉ. सलेम भन्छन्,‘कतारले अन्तर्राष्ट्रिय मुद्दाहरूमा मध्यस्थको भूमिकालाई आफ्नो राष्ट्रिय ब्रान्ड बनाएको छ । उसले आफूलाई यस्तो देशको रूपमा प्रस्तुत गरेको छ, जसलाई अन्य देशहरूले पनि सम्झौताका लागि प्रयोग गर्न सक्छन् ।’

कतारलाई धेरै देशहरूले मध्यस्थताका लागि छनोट गर्छन् किनभने उसले ती संगठनहरूसँग पनि सम्बन्ध राख्छ, जससँग साउदी अरेबिया र अन्य अरब राष्ट्रहरू संवाद गर्न चाहँदैनन् । डॉ. सलेम भन्छन्,‘साउदी अरेबिया हमास, मुस्लिम ब्रदरहुड र अन्य इस्लामी समूहहरूको विरोधमा छ । तर कतारले उनीहरूप्रति त्यस्तो दुश्मनीको भाव राख्दैन ।’

उनी भन्छन् कि तालिबानसँगको सम्बन्धका कारण कतार अमेरिका र तालिबानबीच पुलको रूपमा रहेको छ । कतारले हमास र इजरायल दुवैसँग सम्बन्ध राखेको छ, जसले गर्दा युद्धविराम गराउन उसले महत्त्वपूर्ण भूमिका खेलेको छ । एलिजाबेथ डेन्ट भन्छिन्, ‘शान्ति सम्झौताका लागि साउदी अरेबियाको दृष्टिकोण परम्परागत छ, जबकि कतारले गैर–पारम्परिक नीति अपनाउँछ ।’

तर, मुस्लिम ब्रदरहुड जस्ता संगठनहरूलाई समर्थन गरेको कारण साउदी अरेबिया कतारसँग असन्तुष्ट छ । साउदी अरेबियाले मुस्लिम ब्रदरहुडलाई आफ्नो सत्ताका लागि खतरा ठान्छ । उनी भन्छिन्, ‘जब २०१० र २०११ मा अरब क्रान्ति अन्तर्गत विभिन्न अरब राष्ट्रहरूको सरकारविरुद्ध जनविद्रोह भयो, कतारले खुला रूपमा सिरिया र लिबियामा विद्रोहीहरूलाई समर्थन दियो । यसले स्पष्ट ग¥यो कि कतार के चाहन्छ ।’

यसले २०१७ को ’खाडी विवाद’ जन्मायो, जसको कारण साउदी अरेबिया र अन्य मध्यपूर्वी राष्ट्रहरूले कतारसँग सम्बन्ध विच्छेद गरे । डेन्ट भन्छिन्,‘यस टकरावको कारण कतारलाई सम्झौताका प्रयास अघि बढाउनुपूर्व आफ्ना छिमेकी राष्ट्रहरूको धारणा बुझेर सतर्क भएर अघि बढ्नुप¥यो । 

यसैले अतिवादी समूहहरूलाई वार्ताको टेबलमा ल्याउन उसले त्यति सफलता हात पार्न सकेन । तर अहिले कतार बढी निष्पक्ष मध्यस्थ बन्न सफल भएको छ ।’ उनी थप्छन्,‘अब कतार साउदी अरेबियासँग प्रतिद्वन्द्विता गर्न चाहँदैन, न त साउदी अरेबियाले कतारका मध्यस्थता प्रयासहरूमा हस्तक्षेप गर्छ । तर संसारमा अझै धेरै द्वन्द्वहरू छन्, जसले यी दुवै मध्यस्थ राष्ट्रहरूलाई व्यस्त राख्न पर्याप्त छन् ।’

प्रकाशित : २७ फागुन २०८१, मङ्गलबार 13:30
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved