विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कसुर गर्ने दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । यी दुई व्यक्तिहरूले अनधिकृत रूपमा हवाई टिकट खरिद–बिक्री प्रणालीमा पहुँच पुर्याई अवैध लाभ उठाउने प्रयास गरेको अभियोगमा पक्राउ परेका छन् ।
काठमाडौं– विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कसुर गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको खुलासा भएको छ । केन्द्रीय प्रहरीका अनुसार पक्राउ पर्नेहरू मोरङ रंगेली नगरपालिका–७ घर भइ काठमाडौं तारकेश्वर नगरपालिका–९ बस्ने ४५ वर्षीय विकाश भारती र गोरखा अजिरकोट गाउँपालिका–३ घर भइ काठमाडौं तारकेश्वर नगरपालिका–४ बस्ने ३७ वर्षीय बाबुराम अधिकारी हुन् ।
प्रहरीका अनुसार यी दुईमध्ये कुनै स्थायी ब्यापार वा जागिर नभए पनि सानदार जीवन शैली भएका रंगेली भारतीलाई केही वर्ष अगाडि वैदेशिक रोजगार ठगीको आरोपमा पक्राउ गरिएको थियो । विभिन्न व्यक्तिलाई आकर्षक तलब सहित अन्य मुलुक पठाइने आरोपमा भारती पक्राउ परेको प्रहरीले जनाएको छ ।
अढाइ दशकदेखि विभिन्न खाले कीर्तेमा संलग्न रहँदै आए पनि प्रमाण नरहने गरी ठगी गर्दै आएकाले उनी प्रहरीबाट बच्दै आएको एक अनुसन्धान अधिकृतले बताए । प्रायः जसो कारमा ओहोरदोहोर गर्ने उनी आफूलाई ठूलो कारोबारीको रुपमा चिनाउने गरेको प्रहरीले जनाएको छ ।
उनीहरू विरुद्ध बुद्ध एयरको हवाई टिकट खरिद–बिक्रीको अनलाइन कम्प्युटर प्रणालीमा अनाधिकृत पहुँच पुर्याई अवैध लाभ लिने कार्यमा संलग्न भएको प्रहरीले सूचना प्राप्त गरेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौं–९ गौशाला बत्तिसपुतली क्षेत्रमा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले अनलाइन प्रणालीमा अनधिकृत पहुँच प्राप्त गरी टिकट बिक्री र खरिदमा अनियमितता तथा धोखाधडी गर्न खोजेको खुल्न आएको छ । अब उनीहरूलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत आवश्यक अनुसन्धान र कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares