५ वैशाख २०८२, शुक्रबार 18 Apr 2025, Friday

टि–२० क्रिकेट प्रतियोगिताः इलाम र झापा विजयी

द नेप्लिज संवाददाता
१४ चैत २०८१, बिहीबार

Advertisement

विराटनगर– प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा इलाम  र झापा विजयी भएका छन् । इलामले घरेलु टिम मोरङ र झापाले सुनसरीलाई पराजित गर्दै विजयी भएको हो । 

विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा मोरङलाई ६ रनले पराजित गर्दै इलामले जित निकाल्दै दुई अंक जोडेको छ । इलाम यसअघि उद्घाटन खेलमा उदयपुरसँग पराजित भएको थियो ।
 
इलामले दिएको ११४ रनको लक्ष्य पछ्याएको मोरङले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०७ रनमा सिमित भयो । मोरङका सन्तोष चौधरीले ४० बलमा ३९ रन बनाए । उनले दुई चौक्का र एक छक्का प्रहार गरे । मिनाश थापाले २२ बलमा ३२ रनको योगदान दिए । इलामका विशाल आचार्य र प्रज्जवल खत्रीले समान २–२ विकेट लिए । लभ कामतले १ विकेट लिए । 

यसअघि ब्याटिङ गरेको इलामले १९ दशमलप ६ ओभरमा सबै विकेट गुमाइ ११३ रन बनाएको थियो । सिवान्श बजगाइँले सर्वाधिक ३० रन बनाए । उनले २७ बलमा ५ चौका प्रहार गरे । इलामका लभ कामतले ३० बलमा २६ रनको पारी खेल्दा सुशान्त सापकोटाले १७ बलमा १६ रनको योगदान दिए ।
 
मोरङका बलर अर्मन अली र मिनाश थापाले समान ३–३ विकेट लिए । खेलको प्लयेर अफ द म्याच इलामका लभ कामत घोषित भए । उनले नगद २ हजार पाँच सय प्राप्त गरे । 

दोस्रो खेलमा झापाले सुनसरीलाई ६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा सुनसरीको यो दोस्रो हारसँगै खेलबाट बाहिरिएको छ ।  
 
टस जितरे ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा ११७ रन बनाएको थियो । झापाको लागि संगम बुढाथोकीले सर्वाधिक २१ बलमा २६ रन बनाए । भुपाल डाँगीले २५ बलमा २२ रनको पारी खेल्दा झापाका दिपु भुजेल र भुपेस गौतमलले समान २१–२१ रनको योगदान गरे । झापाका अन्य ब्याट्स म्यानले  दोहोरो अंक जोड्न सकेनन ।

सुनसरीका शिरान यादव र सोनु मण्डलले समान २–२ विकेट लिए । शिरानले ४ ओभरमा २९ रन खर्चेका थिए भने सोनुले २ ओभरमा १५ रन खर्चे ।

त्यसअघि सुनसरीले २० ओभरमा ६ विकेटको क्षतिमा १११ रनमा सिमित भयो । सुनसरीका गौरव कटुबालले ३१ रनको पारी खेल्दा श्रीजनले २२ रन र सोनु मण्डले १८ रनको योगदान दिए । 

झापाका विजय कार्की र सुरन्जन राईले समान २–२ विकेट र संगम बुढाथोकीले १ विकेट लिए । संगम खेलको प्यलेर अफ द म्याच घोषित भए ।

शुक्रबार आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडेमी र झापाबीचको खेल हुनेछ । 

प्रकाशित : १४ चैत २०८१, बिहीबार २१:१०
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved