काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले विविध कारणले समय अभाव हुँदा भारत भ्रमणमा जान नसकेको बताएका छन् । बिमस्टेक बैठकमा सामेल भएर शनिबार बैँककबाट नेपाल फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग ओलीले विविध कारणले भारत भ्रमण हुन नसकेको तर असम्भव पनि नरहेको भनेका छन् ।
उनले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक्लाएक्लै भेटेका थिए । सगरमाथा संवादका लागि पनि मोदीलाई निमन्त्रणा दिएका थिए । उनले सञ्चारकर्मीहरूसँग भने, ‘कहिले के काम परेको हुन्छ, कहिले के हुन्छ त्यस्तो कारणले मात्रै हो । यो बाहिर भारत भ्रमण अबरुद्ध भयो भनिएको छ, काँडेतार लगाएको छ र कसैले ? त्यस्तो हुँदैन होइन ।’ उनले समयले साथ दिए सगरमाथा संवादअघि नै भारत भ्रमण हुने संकेत पनि गरे ।
उनले भारतीय प्रधानमन्त्री मोदीसँग राम्रोसँग संवाद भएको सुनाए । उनले भेटबाट मोदी खुसी भएको महसुस गरेको बताए । उनले भने, ‘हामीले एउटा अठोट गरेको छौं नेपाल भारत सम्बन्धलाई अझ व्यापक र सुदृण गर्दै लाने र कुनै सानातिना समस्या छिमेकमा देखिन पनि त सक्छन् नि । त्यस्तो भइहाल्यो भने पनि संवाद गरेर टुंग्याउने गहिरो समझदारी गरेका छौं ।’
ओली थाइल्यान्डको औपचारिक भ्रमण र छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा भाग लिइ शनिबार स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा अङ्गका प्रमुखले स्वागत गरे ।
प्रधानमन्त्रीको स्वागतमा नेपालस्थित कूटनीतिक समुदायका डीन, नेपालका लागि इजिप्टका राजदूत र नेपालका लागि थाइल्याण्डका कार्यवाहक राजदुत स्वागतका लागि विमानस्थल पुगेका थिए । त्यसअघि नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्रीलाई सम्मान गारत अर्पण गरेको थियो ।
थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्को मैत्रीपूर्ण निमन्त्रणामा २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही चैत १९ मा त्यसतर्फ प्रस्थान गरेका थिए । थाइल्याण्डमा रहँदा प्रधानमन्त्री ओलीले छिमेकी भारतका प्रधानन्त्री नरेन्द्र मोदीलगायत विभिन्न मुलुकका समकक्षीसँग आपसीहित र चासोका विविधि विषयमा छलफल गरे ।
प्रधानमन्त्री ओली यही चैत २२ मा उक्त शिखर सम्मेलनमा सम्बोधन समेत गरेका थिए । त्यसअघि प्रधानमन्त्री ओेली चैत २१ मा सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका सरकार वा राष्ट्रप्रमुखको नेताहरूको सम्मानमा आयोजना हुने रात्रिभोजमा सामेल भएका थिए ।
शिखर सम्मेलनका क्रममा सदस्य मुलुकका समकक्षी एवं राष्ट्रप्रमुखहरूसँग भेटवार्ता समेत गरेका थिए । प्रधानमन्त्रीका साथ प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक एवं विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्र सचिव अमृत राई समेत स्वदेश फर्किएका छन् ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares