२४ जेठ २०८२, शनिबार 07 Jun 2025, Saturday

उडिसा घट्नामा मृत्यु भएका प्रकृति लम्सालको परिवारलाई भेटे कोइराला

द नेप्लिज संवाददाता
१७ फागुन २०८१, शनिबार

Advertisement

विराटनगर– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भारतको उडिसाको केआईआईटी कलेजमा भएको दुखद घटनामा परि निधन भएकी प्रकृति लम्सालको परिवारसँग भेटेका छन् । उनले घट्नाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराईसकिएको भन्दै पिडीत परिवालाई आश्वासन दिएका हुन् । 

रुपन्देहीको भैरहवा स्थित पिडीतको निवासमा पुगेर कोइरालाले प्रकृतिको बुवा, आमा, हजुरबुबा र भाईलाई भेटेर नेपाल सरकार र कांग्रेस पार्टीले यस् घट्नालाई अत्यन्तै गम्भीर रुपमा लिएको बताए । कोइरालाले उक्त कलेजमा अध्ययनरत सम्पूर्ण नेपाली विधार्थीहरुलाई सहजता पूर्वक होस्टेलमा फर्कने, बस्ने वातावरण र अध्ययन गर्ने वातावरण निर्माणका लागि आबश्यक पहल भईरहेको पनि बताए ।

लम्सालको परिवारलाई भेट्न कोइराला सहमहामन्त्री जीवन परियार, संघीय सांसद सुरेन्द्र आचार्य, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्डबिक्रम न्यौपाने, कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनालका साथमा लिएर पुगेका थिए।

प्रकाशित : १७ फागुन २०८१, शनिबार 18:13
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved