२३ जेठ २०८२, शुक्रबार 06 Jun 2025, Friday

रसुवा नाकाबाट करिब ७ किलो सुन बरामद

द नेप्लिज संवाददाता
४ जेठ २०८२, आइतबार

Advertisement

विराटनगर– रसुवा भन्सार नाकाबाट करिब ७.६ किलो सुन बरामद गरिएको छ। केरुङबाट स्याउ बोकेर आएको कन्टेनरको चालक सिटनजिकै फल्स बटम बनाएर लुकाइएको अवस्थामा सुन भेटिएको हो।

भन्सार कार्यालय प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार ७ वटा बिस्कुट र केही टुक्रा गरी ७ किलो ६ सय ग्राम सुन बरामद भएको हो। चिनियाँ बजार केरुङबाट सुन आइरहेको सूचना पाएपछि खानतलासी गर्दा तस्करी खुलिएको हो।

चालकलाई नियन्त्रणमा लिइएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद सुन थप परीक्षणका लागि बैंकमा पठाइएको छ। विमानस्थलमा निगरानी कडा भएपछि तस्करहरूले उत्तरी नाका प्रयोग गर्न थालेका छन्।

#रसुवा #भन्सार

 

प्रकाशित : ४ जेठ २०८२, आइतबार 18:53
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved