वीरगन्ज – धार्मिक झडपपछि लगाइएको निषेधाज्ञा पाँच दिनपछि हटाइएको छ । वीरगन्जमा स्थानीय प्रशासनले गत आइतबार राति १२ बजेदेखि लागू गरेको अनिश्चितकालीन निषेधाज्ञा शुक्रबार बिहान ७ बजेदेखि हटाउने निर्णय गरेको हो ।
बिहीबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले अवस्था सामान्य हुँदै गएको निष्कर्षसहित निषेधाज्ञा हटाउने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले जानकारी दिए । गत शनिबार हनुमान जन्मोत्सवका अवसरमा निकालिएको शोभायात्राका क्रममा छपकैया क्षेत्रमा दुई फरक धार्मिक समुदायबीच ढुंगामुढासहितको झडप भएपछि स्थिति तनावपूर्ण बनेको थियो । त्यसपछि शनिबार बेलुकीदेखि कफ्र्यु आदेश जारी गरिएको थियो । आइतबार रातिदेखि भने कफ्र्यु हटाएर अनिश्चितकालीन निषेधाज्ञा लागू गरिएको थियो ।
प्रजिअ अर्यालका अनुसार पछिल्लो समय स्थिति सामान्य बन्दै गएको र जनजीवन सहज बनाउने उद्देश्यले निषेधाज्ञा हटाउने निर्णय गरिएको हो । निर्णयअघि बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा प्रमुख सुरक्षा निकायका अधिकारीहरू र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल भएको थियो ।
झडप नियन्त्रणका क्रममा प्रहरीले १४५ राउन्ड अश्रुग्यास र दुई राउन्ड हवाइ फायर गरेको थियो । घटनामा नेपाल प्रहरीका एसपी र सशस्त्र प्रहरीका डीएसपीसहित २५ जना सुरक्षाकर्मी घाइते भएका थिए । प्रदर्शनकारीतर्फ १५ भन्दा बढी घाइते भएका थिए ।
झडपका क्रममा छपकैया क्षेत्रमा रहेको दुई वटा बिरियानी हाउस, केही मासु पसल, एक औषधि पसल र निजी घरहरूमा तोडफोड गरिएको थियो । त्यस्तै आठभन्दा बढी मोटरसाइकलमा समेत आगजनी गरिएको थियो । बिरियानी हाउसका फर्निचर, फ्रिज, चुलो, काउन्टर जस्ता सामग्रीहरू सडकमा ल्याएर आगो लगाइएको थियो ।
समाचार
शिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares