७ वैशाख २०८२, आइतबार 20 Apr 2025, Sunday

अवैध लागूऔषध सहित २० जना पक्राउ

द नेप्लिज संवाददाता
३ चैत २०८१, आइतबार

Advertisement


विराटनगर– मोरङमा पाँच जना सहित लागू औषध सहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।  केन्द्रीय प्रहरीका अनुसार मोरङको पथरीशनिश्चरे–२ गोलचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८० ट्याब्लेट, स्पास्पेन ३ सय ७० ट्याब्लेट र नगद ४९ हजार ५ सय रूपैयाँ सहित ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा स्थानीय २५ वर्षीय दिपक तामाङ, २६ वर्षीय मनिष तामाङ, २० वर्षीय रोहन निरौला र २६ वर्षीय मानव लिम्बु भएको प्रहरीले जनाएको छ । यता विराटनगर–१५ एक नम्बर ढाँटबाट २ ग्राम ७ सय १० मिलिग्राम खैरो हेरोइन सहित धनकुटा शहिदभूमी–४ का ३१ वर्षीय शिव राईलाई प्रहरीले पक्राउ गरेको छ ।
 
कैलालीको धनगढी–३ बाट २ ग्राम ८ सय ६० मिलिग्राम खैरो हेरोइन सहित धनगढी–६ बस्ने २८ वर्षीय आदित्य रानालाईे प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले गौरीफन्टाबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र.१–०१२ प ५४७५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलालीकै घोडाघोडी–७ हरिनगर बस्ने २५ वर्षीय लक्ष्मण चौधरी समेत ४ जनालाई १५ ग्राम ६० मिलिग्राम खैरो हेरोइन सहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लक्ष्मणको घर तलासी गर्दा उक्त पदार्थ फेला पारेका हो ।  चितवनको भरतपुर–१२ स्थित हाम्रो कटेज एण्ड रेष्टुरेन्टबाट ५ ग्राम खैरो हेरोइन र नगद ७ हजार रूपैयाँ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर–१२ बस्ने २४ वर्षीय प्रवेश शाही ठकुरी, २८ वर्षीय नविन श्रेष्ठ, ३७ वर्षीय धिरज दरै र ३२ वर्षीय सुभाष गुरूङ रहेको प्रहरीले जनाएको छ । 

चितवन, खैरहनी–१० सुर्तनीबाट गाँजा १० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ३२ ट्याब्लेट सहित स्थानीय २४ वर्षीय प्रविन चौधरी समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको घोराही–८ स्यानी गाउँबाट ७० मिलिग्राम खैरो हेरोइन सहित स्थानीय १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । 

कञ्चनपुरको दोधारा चाँदनी–१ बाट ३ ग्राम ६ सय ७० मिलिग्राम खैरो हेरोइन सहित बेदकोट नगरपालिका–७ बस्ने २१ वर्षीय प्रभाष शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।     रूपन्देहीको शुद्धोधन गाउँपालिका–१ सिसैबाट करिब ५ सय ६० मिलिग्राम खैरो हेरोइन सहित सैनामैना–४ बस्ने २१ वर्षीय राम मल्लाहालाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित : ३ चैत २०८१, आइतबार 15:22
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved