१३ वैशाख २०८२, शनिबार 26 Apr 2025, Saturday

बराहक्षेत्रमा १७७ किलो गाँजासहित दुई पक्राउ

१२ वैशाख २०८२, शुक्रबार

Advertisement

विराटनगर– सशस्त्र प्रहरी बलले सुनसरीको बराहक्षेत्र–१ स्थित बराहक्षेत्र मन्दिर नजिकैको झाडीमा लुकाइ अर्को स्थानमा लैजान लागेको १ सय ७७ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय ३० वर्षीय दीपक राई र धनकुटाको सहिदभूमि गाउँपालिका–१ का ५७ वर्षीय धनबहादुर राई  छन् ।

सुनसरीकै भोक्राहा नरसिंह गाउँपालिका–७ थानगाछीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्राम सहित धनकुटा साँगुरगढी गाउँपालिका–९ बस्ने २२ वर्षीय सलिन राईलाई प्रहरीले पक्राउ गरेको  छ । प्रहरी टोलीलाई देख्नासाथ को.३७ प ८६३१ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएको र को.प्र.१–०२–०४३ प ३०६३ नम्बरको मोटरसाइकल चालक सलिनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार तलासी गर्दा दुवै मोटरसाइकलमा रहेको २ वटा बोरा र २ वटा झोलाबाट उक्त परिमाणको गाँजा फेला परेको   हो । हाल फरार अर्को मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
 

प्रकाशित : १२ वैशाख २०८२, शुक्रबार 19:38
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved