४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

पुटिनबाट युद्धविराम वार्तामा अवरोध आएपछि रिसाए ट्रम्प

द नेप्लिज संवाददाता
१८ चैत २०८१, सोमबार

Advertisement

विराटनगर- डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग एकदमै रिसाएको र अत्यन्त आक्रोशित भएको बताएका छन् । युक्रेनमा युद्धविरामको लागि वार्ता गर्न धेरै सातासम्म प्रयास गरे पछि ट्रम्पको यो प्रतिक्रिया आएको हो ।

एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपतिले भने,'उनी पुटिनसँग रिसाएका छन् किनभने उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको विश्वसनीयतामा आक्रमण गरेका छन् । ' साथै यदि पुटिनले युद्धविराम सहमति नगरेमा उनले रुसी तेल किन्ने मुलुकहरूमा ५०% शुल्क लगाउने चेतावनी दिएका छन् ।

'यदि रुस र म युक्रेनमा रक्तपात रोक्न कुनै सम्झौतामा पुग्न सक्दैनौं र यदि मलाई लाग्यो कि यसको दोष रुसकै हो - जुन नहुन पनि सक्छ... म रूसबाट निर्यात हुने सबै तेलमा दोस्रो चरणको शुल्क लगाउनेछु,' ट्रम्पले भने।

ट्रम्पको यो टिप्पणी पुटिन र रूसप्रति उनको सुरुवाती नरम धारणा भन्दा भिन्न देखिन्छ।  ट्रम्पले यस अघि आफ्नो कार्यालयमा जेलेन्स्कीलाई कडा भाषामा धम्क्याएका थिए । 

युक्रेनी राष्ट्रपतिसँग धेरै किसिमका सम्झौता मागेका थिए। अर्कोतर्फ उनले पुटिनको खुलेर प्रशंसा गरेका थिए । रूसी राष्ट्रपतिका धेरै मागहरू स्वीकार गरेका थिए।

तर अहिले उनको पछिल्लो प्रतिक्रिया देख्दा यो परिस्थिति परिवर्तन भएको देखिन्छ। पहिलो पटक अमेरिका रूसमाथि गम्भीर नतिजाको धम्की दिइरहेको छ । यसबाट वार्ताको जिम्मेवारी फेरि मस्कोलाई सुम्पेको देखिन्छ।

एनबीसी न्यूजका अनुसार १० मिनेट लामो टेलिफोन अन्तर्वार्तामा ट्रम्पले भने, 'म अत्यन्त रिसाएको थिएँ जब पुटिनले जेलेन्स्कीको विश्वसनीयतामाथि प्रश्न उठाए। यो सही दिशा होइन।'

पुटिनको प्रसंगमा बोल्दै ट्रम्पले  पुटिनसँग राम्रो सम्बन्ध भएको पनि बताए । उनले भने, 'यदि उनले सही कदम चाले भने मेरो रिस चाँडै हट्नेछ।' रूसले युद्धविराम गर्न अस्वीकार गरेमा ट्रम्पले थप कडा आर्थिक प्रतिबन्ध लगाउने धम्की दिए।

'संयुक्त राज्यमा बेचिने तेल र अन्य उत्पादनहरूमा २५% शुल्क लगाइनेछ,' ट्रम्पले भने । उनले यसलाई दोस्रो चरणको शुल्क भनेका छन् । ट्रम्पले  युद्धविराम सहमति नभएमा एक महिनाभित्र रूसमाथि यो शुल्क लागू गरिनेमा जोड दिएका छन् ।

दोस्रो चरणको शुल्क भनेको त्यो प्रतिबन्ध हो जुन कुनै देशले कुनै प्रतिबन्धित देशसँग व्यापार गरेमा उसैमाथि लगाइन्छ। अमेरिका यो शुल्क रूसबाट तेल खरिद गर्ने मुलुकहरूलाई लगाउने तयारीमा छ जुन ५०% सम्म हुनसक्छ। रूसको सबैभन्दा ठूलो तेल खरिदकर्ता चीन र भारत हुन्।

जेलेन्स्कीले अन्तर्वार्तापछि सामाजिक सञ्जालमा लेखे, 'रूस अझै पनि युद्ध लम्ब्याउने बहाना खोजिरहेको छ।' उनले थपे, 'पुटिन २०१४ यता त्यही पुरानो रणनीति खेल्दै छन् जब उनले क्राइमियालाई एकतर्फी रूपमा रूसमा गाभेका थिए।'

ट्रम्पका अनुसार यो सबैका लागि खतरनाक छ र यसको उचित जवाफ अमेरिका, युरोप र सबै शान्तिप्रेमी साझेदारहरूबाट आउनुपर्छ। ट्रम्पले पुटिनसँग यसै साताभित्र  कुरा गर्ने जानकारी दिएका छन् ।

रूसले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण-स्तरको आक्रमण सुरु गर्‍यो। हाल रूसले युक्रेनको करिब २०% भूभाग आफ्नो नियन्त्रणमा लिएको छ।

बीबिसी रुस, स्वतन्त्र संचार संस्था मिडियाजोना र स्वयम्‌सेवकहरूका अनुसार  रूसका १ लाखभन्दा बढी सैनिक युद्धमा मारिइसकेका छन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले डिसेम्बर २०२४ मा अन्तिमपटक आफ्नो सेनाका मृतक संख्या अपडेट गरेका थिए जसमा ४३ हजार सैनिकको मृत्यु भएको बताएका थिए। तर पश्चिमी विश्लेषकहरू यो संख्या अझ बढी हुनसक्ने बताउँछन्।

एनबीसी अन्तर्वार्तामा ट्रम्पले  ह्वाइट हाउसको तेस्रो कार्यकालका लागि दौडिन अस्वीकार नगरेको संकेत दिएका छन् । यद्यपि अमेरिकी संविधानअनुसार यो निषेध छ।

'धेरै मानिसहरू चाहन्छन् कि म यो गरूँ,उनले भने,'तर, हाम्रो अगाडि लामो बाटो छ।' उनले इरानमाथि आक्रमणको धम्की पुनः दोहोर्‍याएका छन् ‌। उनले  तेहरानले आणविक सम्झौता गर्न अस्वीकारेमा नछाडिने बताएका छन् ।

'त्यो यस्तो बमबारी हुनेछ जुन इरानले कहिल्यै देखेको छैन,' उनले भने। साथै उनले इरानमाथि दोस्रो चरणको शुल्क लगाउने चेतावनी पनि दिए।

इरानी राष्ट्रपति मासुद पेसेश्कियनले आइतबार  वाशिंगटनसँग प्रत्यक्ष वार्तामा संलग्न नहुने बताएका छन् ‌। 'तर अप्रत्यक्ष वार्ताको सम्भावना भने खुला छ,'उनले भने ‌

'हामी वार्ताबाट भाग्दैनौं तर सम्झौताहरू उल्लंघन गरिनु नै हामीलाई समस्या परेको कारण हो,'उनले भने। उनीहरूले विश्वास निर्माण गर्न सक्छन् भनेर प्रमाणित गर्नुपर्छ।'

प्रकाशित : १८ चैत २०८१, सोमबार 07:51
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved