काठमाडौं — बृहत नागरिक आन्दोलनले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ । १५ चैत्रमा काठमाडौंको तीनकुने क्षेत्रमा भएको विरोध प्रदर्शन पछिको क्षतिप्रति चिन्ता व्यक्त गर्दै आन्दोलनले सरकारको भूमिकालाई लज्जास्पद भनेको छ ।
विज्ञप्तिका अनुसार आपराधिक समूहले योजनाबद्ध रूपमा हिंसात्मक घटना र लुटपाटका कार्यहरू गर्दैछ भनेर पटक्कै थाहा नपाउने वा थाहा पाएर पनि पर्याप्त तयारी नगर्ने, त्यत्रो जनधनको क्षति हुँदासमेत राज्यको उपस्थिति देखाउन नसक्ने निरीह सरकारको अनुहार लज्जास्पद छ ।’
राज्य र राजनीतिक प्रणालीप्रति आम निराशा, असन्तुष्टि, विरक्ति र तिक्तताको भाव बढ्नुमा प्रमुख राजनीतिक दलहरू विशेष गरी ती दलका शीर्ष नेताहरूले खडा गरेको दण्डहीनता, भ्रष्टाचार, लोकतन्त्रका मूल्यमान्यता र संविधानको भावना विपरीतको अराजनीतिक संस्कृतिको भूमिका रहेको विज्ञप्तिमा उल्लेख छ । साथै आम नागरिकका समस्याप्रति देखाइएको उदासीनतालाई पनि आन्दोलनले आलोचना गरेको छ ।
आन्दोलनले हिंसात्मक प्रदर्शनमा क्षति भएका व्यक्तिगत र सार्वजनिक सम्पत्तिको क्षतिपूर्ति प्रचलित कानुन अनुसार सम्बद्ध पक्षबाट भराउनुपर्ने माग राखेको छ । विज्ञप्तिमा भनिएको छ, ‘पीडित पक्षलाई पूर्णरूपमा क्षतिपूर्ति र न्याय दिलाइनुपर्छ भन्नेमा हामी जोडदार माग गर्दछौं ।’
साथै नागरिकलाई लोकतन्त्र तथा कानुनी शासनको संरक्षण र सम्बद्र्धनको पक्षमा अविचलित रूपमा उभिन पनि बृहत नागरिक आन्दोलनले अनुरोध गरेको छ । तीनकुने क्षेत्रमा राजावादी समूहले प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्रतर्फ प्रवेश गर्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा भौतिक एवं मानवीय क्षति भएको थियो । यस घटनाले काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठाएको छ । बृहत नागरिक आन्दोलनले सरकारलाई नागरिक सुरक्षाप्रति गम्भीर बन्न र लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्न आग्रह गरेको छ ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares