क्वालालम्पुर (एपी)– मलेसियाको राजधानी क्वालालम्पुर नजिकै रहेको सेलाङ्गोर राज्यको पुत्रा हाइट्स क्षेत्रमा मंगलबार बिहान ग्यास पाइपलाइन विस्फोट हुँदा तीन बालबालिका सहित १४५ जना घाइते भएका छन् । यो एक मलेसियाली बहुराष्ट्रिय तेल र ग्यास कम्पनि पेट्रोनासद्वारा सञ्चालित छ ।
६७ जनाको सरकारी अस्पतालहरूमा दोस्रो र तेस्रो डिग्रीको जलनको उपचार भइरहेको छ । ३७ जनाले निजी अस्पताल तथा क्लिनिकहरूमा उपचार गराएका छन् । विस्फोटमा १९० घर र १४८ गाडीहरूमा क्षति पुगेको छ ।
विस्फोटपछि उठेको आगोको लप्काले २० तले भवन बराबरको उचाइमा ज्वाला देखिएको थियो । यसबाट नजिकैको आवासीय क्षेत्र प्रभावित भयो । प्रधानमन्त्री अनवर इब्राहिमले प्रभावित क्षेत्रको भ्रमण गरी पीडितहरूलाई आर्थिक सहायता घोषणा गरेका छन् ।
सरकार तथा पेट्रोनासले क्षतिग्रस्त घरहरूको मर्मत गर्ने प्रतिबद्धता जनाएका छन् । यसमा केही महिना लाग्न सक्ने अनुमान गरिएको छ । अहिले विस्फोटको कारणबारे अनुसन्धान जारी छ । घटनास्थलको २ सय ९० मिटर वरपरको क्षेत्रलाई अस्थायी रूपमा बन्द गरिएको छ । यस घटनाले स्थानीयलाई ठूलो आघात पुर्याएको छ । कतिपयले घरको छत खसेको अनुभव गरेका छन् । अन्यले भूकम्प जस्तो कम्पन महसुस गरेका छन् ।
विश्व/प्रवास
आजदेखि राम मन्दिरमा दोस्रोपटक प्राण–प्रतिष्ठा, अयोध्यामा रमझम
द नेप्लिज संवाददाताटिकटकर सेलिब्रेटी सना युसुफको हत्या किन भयो ?
द नेप्लिज संवाददातामंगोलियाका प्रधानमन्त्री ओयुन एर्डेनका छोराले प्रेमिकासँग महँगा ब्रान्डका झोलाहरू प्रदर्शन गरेपछि...
द नेप्लिज संवाददाता१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध
द नेप्लिज संवाददाताअमेरिकामा नेपालीका लागि २०२५ अगस्त ५ पछिका लागि बसोबास असम्भव
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares