विराटनगर- खोटाङको धार्मिकस्थल हलेसी बजारमा भएको आगलागी करिब पाँच घण्टापछि नियन्त्रणमा आएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ तिर सुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायको प्रयासमा आइतबार राति करिब ११ बजे निभाइएको हो ।
आगलागीबाट राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । आगलागीमा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।
सुक्खाग्रस्त क्षेत्र हलेसीमा भएको आगो निभाउन पानी अभाव भएकाले समस्या भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले बताए । ‘दुई घर पूर्ण तथा एउटामा आंशिक क्षति भएको छ,' उनले भने । करिब एक करोड रुपैयाँ बढीको धनमाल क्षति भएको अनुमान गरिएको उनले बताए ।
राईको घरमा खाना पाकिरहेको बेला ग्यास सिलिण्डर लिक भएर सुरु भएको आगो दमकल अभावमा तत्कालै नियन्त्रण गर्न नसक्दा ठूलो क्षति भएको स्थानीय सयन्द्र राईले बताए । आगो निभाउन जिल्लाबाट तीनटै सुरक्षा निकायका टोली हलेसी पुगेको थियो ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares