काठमाडौं– थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी पे थोङ् थान् शिनावात्राबीच बुधबार बैंककको सरकारी भवनमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओलीले केहि दिन अगाडि हालैकोे ७.७ म्याग्निच्युडको भूकम्पले म्यानमारसँगै थाइल्याण्डमा पारेको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्रीद्वयबीच द्विपक्षीय हितका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालय जनाएको छ ।
ओलीसँगै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत वार्तामा सामेल छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापश्चात संस्कृति र पर्यटन लगायत विभिन्न सम्झौतामा हस्ताक्षर भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। । दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्र आदाप्रदान भएको छ ।
सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । । प्रधानमन्त्री ओली समकक्षी शिनावात्राले आयोजना गरेको दिवभोजमा सहभागी भए । आजै ओलीले थाइ नरेश महा बजिरालोङकर्नसँग भेट्ने कार्यक्रम छन्।
विश्व/प्रवास
आजदेखि राम मन्दिरमा दोस्रोपटक प्राण–प्रतिष्ठा, अयोध्यामा रमझम
द नेप्लिज संवाददाताटिकटकर सेलिब्रेटी सना युसुफको हत्या किन भयो ?
द नेप्लिज संवाददातामंगोलियाका प्रधानमन्त्री ओयुन एर्डेनका छोराले प्रेमिकासँग महँगा ब्रान्डका झोलाहरू प्रदर्शन गरेपछि...
द नेप्लिज संवाददाता१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध
द नेप्लिज संवाददाताअमेरिकामा नेपालीका लागि २०२५ अगस्त ५ पछिका लागि बसोबास असम्भव
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares