विराटनगर । देशमा रहेको भ्रष्टाचार, कुशासन, दण्डहिनता, वेरोजगारीले वेफुर्सदिला नागरिकलाई उपयोग गरेर राजा फर्काउने नारा सडकमा लाग्न थालेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशसभामा कामभन्दा कुरो ठूलो गरेर जनतालाई रिझाउने प्रयास गरेका छन् ।
प्रधानमन्त्री ओलीले नै उद्घाटन गरेको विराटनगरस्थित गोबर ग्यास परियोजना असफल भइसक्दा पनि घरघरमा गोबर ग्यास बनाउने शिक्षा प्रदेशसभामा भाषणमार्फत उद्घोष गरेका हुन् । उनले प्रदेशसभामा मंगलबार सम्बोधन गर्ने क्रममा औद्योगिक उत्पादनदेखि गुन्द्रुकसम्मको उत्पादन गरेर सुखी नेपाली, समृद्ध नेपाल निर्माण गर्न सकिने बताएका छन् ।
‘मुलुकमा बर्षौँ लगाएर हुने कामहरु केही वर्षमा नै गरेर असाधारण काम गर्न सफल भएका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएसएआईडी परियोजना अन्तर्गत दिँदै आएको अनुदान रोक्ने घोषणा गरेको छ त्यसैले हामी कतिदिन अरुको अनुदानमा बाँच्ने अब आफै सक्षम बन्ने गरी काम अघि बढाउनु पर्छ ।’
उनले मन्त्रको पनि मन्त्र महामन्त्र ‘गायत्री मन्त्र’ कोशी किनारमा कौशिक ऋषिले रचेकोदेखि महादेवले ज्ञान, शिक्षा र योगको सुरुवात यसै प्रदेशबाट गरेको, भगवान बिष्णुको बास रहेको यो प्रदेशमा नै भस्मासुर राक्षसलाई भस्म गरेको समेत सम्झाउन भ्याएका थिए ।
प्रधानमन्त्री ओलीले पूर्वमा मेचीदेखि उत्तरमा हिमाल, दक्षिणमा मधेस–तराई र पश्चिममा महाकालीसम्म भाषण दिएर प्रदेशसभाका सांसदलाई घुमाउन भ्याएका थिए । उनले अब मुलुकमा भ्रष्टाचार गर्नेलाई छुट नहुने र त्यस्तोलाई कारवाहीमा कुनै छुट नहुने उद्घोष गरेका छन् ।
‘चिनीमा आत्मनिर्भर हुन नसक्ने तर सबसिडी दिइराख्नु पर्ने ? अब त्यस्तो हुँदैन,’ उनले भने, ‘अब देशका ६० प्रतिशत नागरिकलाई समृद्ध र सामाजिक सुरक्षामा आबद्ध हुनुपर्छ ।’ उनले जुटमा भारत निकासीमा लगाइँदै आएको एण्टी डम्पिङ शुल्क हटाउन छलफल गर्ने प्रतिबद्धता जनाए । उनले भविष्यमा योग्य र सक्षम नागरिक बनाउने बाटोमा हिड्नु पर्ने बताए ।
‘संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा छौं, योभन्दा बेटर प्रणाली के हो ?,’ उनले भने, ‘केही स्वार्थीहरुले अहिलेको व्यवस्थामाथि प्रश्न उठाइरहेको छ तर अहिलेको नागरिक सर्वोच्चता रहेको व्यवस्थालाई नै देश र जनता सुधार गरेर अघि बढ्न तयार छ ।’
हेर्नुहोस् भिडियोमा:
समाचार
उपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताविराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares