विराटनगर– कोशी प्रदेश सरकारले सुरु गरेको ‘कोशी पर्यटन वर्ष २०८२’ को अबसरमा भारतीय पर्यटकलाई लक्षित गरी विदेशी सवारी साधनको अस्थायी रुट इजाजत पत्र तथा सुरक्षा जाँच कार्ड स्टिकर विराटनगरस्थित रानी नाकाबाट शुक्रबार शुभारम्भ गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको सुरक्षा जाँच स्टिकर शुभारम्भ समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय पर्यटक बोकेको सवारीमा उक्त स्टिकर टाँसेर शुभारम्भ गरेको हो ।
सुरक्षा जाँच स्टिकर टाँसिएको भारतीय पर्यटक बोकेको सवारी साधनलाई बिनाकुनै झन्झट पर्यटकीय गन्तव्यसम्म सुरक्षित पुर्याउने र सुरक्षाकर्मीले स्टिकर टाँस भइसकेपछि बीच बाटोमा कही रोक्न पाउँदैनन्
सुरक्षा जाँच स्टिकर कोशी प्रदेशस्थित सुनसरीको भण्टाबारी, मोरङको रानी, झापाको काँकडभिट्टा र इलामको पशुपति नाकाबाट भारतीय पर्यटक आउने सवारीमा टाँस्ने व्यवस्था प्रदेश सरकारले गरेको छ । भारतीय पर्यटक आउने सवारी साधनलाई प्रहरीले अनावश्यक जाँचको नाममा दुःख दिँदै हैरान पार्ने गरेको पर्यटन व्यवसायीको गुनासो सम्बोधन र भारतीय पर्यटकलाई सुबिधायुक्त र सुरक्षित तबरले कोशी प्रदेशमा आतिथ्यता प्रदान गर्न स्टिकरको व्यवस्था गरिएको मुख्यमन्त्री कार्कीले बताए । सुरक्षा जाँच स्टिकर टाँसिएको सवारी साधनलाई कुनैपनि सुरक्षाकर्मीले बिना कुनै रोकटोक गन्तव्यसम्म सुरक्षित तरिकाले पुर्याउनुपर्ने प्रदेश सरकारले व्यवस्था गरेको हो ।
सुरक्षा जाँच स्टिकरको शुभारम्भसँगै भारतीय पर्यटकलाई बिना झन्झट सुरक्षित वातावरणमा कोशी प्रदेशको पर्यटकीय गन्तव्य घुम्ने अवसर प्राप्त गर्न प्रदेश सरकारले व्यवस्था गरेको छ । कोशी सरकारले बुधबार तेह्रथुमस्थित लालिगुराँसको राजधानी बसन्तपुरमा पर्यटन वर्ष २०८२ को शुभारम्भ गरिसकेको छ । त्यसैको तयारी स्वरुप सुरक्षा जाँच स्टिकर भारतीय सवारी साधनमा टाँस्न सुरु गरिएको हो । तत्काललाई हस्तलिखित स्टिकरको व्यवस्था गरेर शुभारम्भ गरिएको र यसलाई चाँडै व्यवस्थित गरेर क्यूआर कोडसहितको स्टिकरको व्यवस्था गर्ने उनले बताए ।
पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले सरकारले सुरक्षा जाँच स्टिकर लागु गरेको चार वटै नाकामा भारतीय पर्यटकको लागि अस्थायी रुट इजाजत पत्र र सुरक्षा जाँच सेवा एकिकृत रुपमा प्रदान गर्ने व्यवस्थाले भारतीय पर्यटकलाई सहज हुने विश्वास व्यक्त गरे । उनले पर्यटन वर्ष २०८२ भरि यी पर्यटकलाई सहज, सुरक्षित र शान्तिपूर्वक पर्यटकीय गन्तव्यमा रमाउने आधार तयार गर्दै बढी भन्दाबढी पर्यटक भित्र्याउने लक्ष्य रहेको बताएका हुन् ।
अर्थ/वाणिज्य
कोशी सरकारले पर्यटनको आधार तयार पार्दै
देव नारायण साहस्मार्टफोन र ल्यापटपलाई छुट, प्रविधि क्षेत्रले राहतको सास फेर्यो
द नेप्लिज संवाददाता‘ऊर्जा महायोजना’ को खाका बनाइरहँदा सरकारकै प्रतिवेदनले भन्यो : जलविद्युतमा जनताको लगानी डुब्ने खतरा
द नेप्लिज संवाददातासगरमाथा आरोहणका लागि २१४ जनाले अनुमति लिए, ३६ करोडभन्दा बढी रोयल्टी संकलन
द नेप्लिज संवाददाताराष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares