विराटनगर– पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजापछि सञ्चारकर्मीसँग कुरा गर्दै देशमा शान्ति आवश्यक रहेको र कसैले पनि डराउनु नपर्ने बताएका छन् ।
उनले सबैले एकअर्काको कुभलो नचिताउन र देशमा शान्ति, विकास, सुख, समृद्धि कायम रहोस् भन्ने आफ्नो कामना रहेको उल्लेख गरे । गोरखा आफ्ना पुर्खाको थलो भएको र त्यहाँ आउँदा आफूलाई खुशी लागेको पनि उनले बताए ।
पूर्वराजा शाह गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्न गोरखा आएका हुन् । यसअघि उनले पोखरामा झण्डै एक महिना लामो बसाइपछि फागुन २५ मा काठमाडौं फर्किएका थिए । उनको गोरखा भ्रमणको क्रममा राजावादीहरूले स्वागत र नागरिक सम्मानको तयारी गरेका छन् । पूर्वराजा शाहको निरन्तरको सक्रियताले राजतन्त्र पुनस्र्थापनाको चर्चा पुनः सतहमा आएको छ ।
यता काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि शनिबार दिउँसो राजतन्त्र समर्थक समूहले प्रदर्शन गरेका छन् । उनीहरूले राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको थियो । प्रदर्शनकारीहरूले 'पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः एकपटक राजा घोषणा गरौं' भन्ने नारा लेखिएको ब्यानर बोकेका थिए ।
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares