४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

सदनको मर्यादा जोगाइयोस् : सांसद उप्रेति

द नेप्लिज संवाददाता
२० फागुन २०८१, मङ्गलबार

Advertisement

विराटनगर– प्रतिपक्षी दल माओवादीका सांसद गणेशप्रसाद उप्रेतीले प्रदेशसभा बैठकमा मंगलबार सदनको समयको मर्यादा के भन्दै प्रश्न उठाए । ‘सदनमा सांसदहरु आउँदा गफ लडाएर बस्न बाध्य हुन्छ किन ?,’ उनले भने, ‘केही समयदेखि निरन्तर सदन निर्धारित समयभन्दा डेढ÷पौने दुई घण्टा ढिलो गरी सुरु हुने गरेको छ । निर्धारित समयभन्दा दुई घण्टासम्म सदनको समय सभामुख ज्यूलाई थपघट गर्ने अधिकार छ तर त्यो सुबिधा होइन नि ? यसको सदुपयोग गर्नुपर्नेमा पछिल्लो समय दुरुपयोग भइरहेको छ आखिर किन ?’ 

आज मात्रै १२ः३० बजे सदन बोलाइयो तर २ः३० बजेमात्रै सदन सुचारु भएको भन्दै सांसद उप्रेतिले सभामुख अम्बरबहादुर विष्टको ध्यानाकर्षण गराए । ‘सदनभित्रका केही विषयहरु वा सदन सुचारुमा केही समस्या आएको अवस्थामा समय लिन सक्छ तर कुनै मन्त्री वा सत्तारुढ दलका सांसदहरुलाई पर्खिनु पर्ने ?,’ उनले भने, ‘के हामी सांसदहरु कुनै कामै नपाएर, बेरोजगार भए जस्तो यहाँ गफ गर्न र क्यान्टिनमा चिया खान आएको होइन नी ?’ 

हामी समाजलाई मर्यादा सिकाउने तर आफै मर्यादा विपरित गइरहेको भन्दै सांसद उप्रेतिले आपत्ति प्रकट गरे । ‘समयमा नै संसद चल्नु पर्छ, कुनै राजा महाराजालाई पखिर्नु परे जस्तो होइन, सदन समयमा चल्नु पर्यो सभाामुख महोदय,’ उनले भने, ‘तारे होटलमा समितिको बैठक बस्ने र सदनमा सांसदहरुलाई बेरोजगार बनाएर राख्ने, यो गलत प्रक्रिया रोक्नु पर्छ र सदन ढिलो भएको अवस्थामा सांसदलाई प्रदेशसभा सचिवालयले दिनुपर्छ ।’ 

सरकारले सांसदको कुरा सुन्दै नसुनेको अवस्थामा कम्तिमा सभामुखलाई संसदको गरिमालाई जोगाउन उनले ध्यानाकर्षण गराए । सांसद उप्रेतिले प्रदेशसभाप्रति जनतामा वितृष्णा फैलिएको अवस्थामा संसद र सांसदको गरिमा जोगाउन सभामुखको ध्यानाकर्षण गराएका हुन् ।  

प्रकाशित : २० फागुन २०८१, मङ्गलबार 16:49
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved