झापा– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि एक पटक पदीय मर्यादा बिर्सेर अभिव्यक्ति दिएका छन् । मुलुकको वर्तमान संवेदनशील अवस्था प्रति उनी अझै पनि गंभीर छैनन् । राजावादीलाई उक्साउने र चिढाउने अभियानलाई ओलीले शनिबार झापामा पनि निरन्तरता दिएका छन् ।
उनले परिवर्तन ल्याउँछु भनेर चैत १५ मा सडकमा निस्केकाहरूले रक्सीको बोतल चोरेको आरोप लगाएका छन् । चोरी र लुटमा संलग्नमध्ये अधिकांस कुनै पनि दल वा वादीका नभएको प्रहरी अनुसन्धानबाट प्रमाणित भइसके पछि पनि ओलीले यस्तो बोल्दा देशको माहोललाई थप खराब बनाउन सक्छ ।
शनिबार झापाको दमकमा पार्टीद्वारा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्ता अराजक गतिविधि अब सह्य नहुने बताए । ओलीले भने, ‘देशमा परिवर्तन ल्याउँछु भनेर सडकमा निस्किने अनि पसलमा चोरी गरेर रक्सी बोकेर हिँड्ने ? यो कुरा सह्य हुँदैन अब । अब यस्ता कार्य स्वीकार्य हुँदैन ।’
ओलीको आजको धारणामा अहंकार पनि झल्किएको छ । वर्तमान सरकार अघि गाडी चलाउन सिक्दै नसकिकाले गाडी चलाउँछु भन्ने जस्ताहरूले देश चलाउन खोजेकाले आफू प्रधानमन्त्री बनेको उनले दाबी गरे । उनी बाहेक यो देशका सबै नेता असक्षम छन् भन्ने सावित गर्न खोजेका छन् ।
राजनीति गर्नै नजान्नेहरूले देश चलाउन खोजेकाले देशले सही मार्ग नलिएको बताए । उनले कांग्रेस र माओवादीलाई पनि जिस्काउने गरी बोलेका छन् । ओलीले एमालेको नेतृत्वमा जुनसुकै बेलाका सरकारले सुधार ल्याएको दाबी गरे ।
उनले भने, ‘जुन कुरा गर्न जानेकै छैन त्यही काम गर्छु भन्दा हुन्छ ? गाडी चलाउन नजान्नेले गाडी चलाउँछु भन्दा के हुन्छ? देश राजनीति गर्न जान्नेले मात्र चलाउन सक्छ ।’ ओलीले आफू जतिको यो देशको राजनीतिक कसैले नबुझेको भनी घमण्डको प्रदर्शन गरेका छन् ।
कांग्रेसका नेता गगन थापा लगायत तिर संकेत गर्दै उनले विगतमा ढुंगा हान्नेहरूले देश चलाउन थालेकाले देश उँभो नलागेकोे सम्म भन्न भ्याए । राजनीति अस्थिर भएपछि अनेक खालका मान्छे निस्किएका ओलीले बताए । उनले भने, ‘बैंक डुबाउनेहरू आए । ऋण नतिर्नेहरू आए । जनतालाई भड्काउनेहरू आए । तर उनीहरूको तमासा पनि चैत १५ मा देखियो ।’ उनको भनाइ बिहीबार राति भारतको आसामबाट पक्रेर ल्याइएको राजावादी दुर्गा प्रसाईंप्रति लक्षित थियो ।
उनले एमालेले गरेका राम्रा कामको प्रचार गर्न कार्यकर्तालाई भनेका छन् । उनले आन्तरिक कलहमा छेडछाड हान्नका लागि नभएर पार्टीका राम्रा कामको प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग गर्न आग्रह गरे । अहिले झापा एमालेमा गुटबन्दी उत्कर्षमा छ । सामाजिक सञ्चालमा उनीहरुले आफ्नै पार्टी र नेताका गतिविधिलाई आधार बनाएर एक अर्कालाई कटाक्ष गरिरहेका हुन्छन् । सामाजिक सञ्जालमा एक जनाले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेकाछन््, ‘एमालेले सरकारले प्रचार गर्न लायक केके काम गरेका छन् ? भन्दिनु भएको भए हाम्रो पनि सामान्य ज्ञान बढ्थ्यो ।’
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares