काठमाडौँ — राजावादी प्रदर्शनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका राप्रपाका सांसद धवलशमशेर जबरासम्बन्धी जानकारी प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्रमार्फत गराएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले सांसद जबरा पक्राउ परेको जानकारी संसद् सचिवालयलाई पत्र पठाएर गराएको हो । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रहरीको पत्र प्राप्त भइसकेको छ । सांसद जबरालाई शुक्रबार साँझ पक्राउ गरिएको थियो।
संविधानको धारा १०३ (६) अनुसार कुनै सांसदलाई फौजदारी अभियोगमा पक्राउ गरिएमा सभामुखलाई जानकारी दिनुपर्ने व्यवस्था छ । सोहीअनुसार प्रहरीले पत्राचार गरेको हो । संविधानमा उल्लेख भएअनुसार अधिवेशन जारी रहेको अवस्थामा सांसद पक्राउ गर्न रोक लगाइए पनि फौजदारी अभियोगमा संघीय कानुनअनुसार पक्राउ गर्न सकिने स्पष्ट व्यवस्था छ । पक्राउ परेपछि सम्बन्धित सदनका अध्यक्षलाई तुरुन्त जानकारी गराउनुपर्ने प्रावधानअनुसार नै प्रहरीले पत्र पठाएको हो ।
समाचार
प्लाष्टिकले पृथ्वी र मानव अस्तित्व संकटमाः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददाताकोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares