विराटनगर– आकर्षक तलबको प्रलोभनमा अमेरिका र क्यानाडा पठाइदिने भनेर रकम ठगी गरेको आरोपमा दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ–८ हात्तीगौंडा बस्ने संखुवासभा मकालु–२ का २१ वर्षीय सालिकराम बानिया र काठमाडौं कीर्तिपुर–१४ चौभार बस्ने मकवानपुर इन्द्रसरोवर–३ का ३१ वर्षीया एलिना पुरी छन् ।
सालिकरामले अमेरिका पठाउने भन्दै एक पीडितबाट ५ लाख रूपैयाँ र एलिनाले अर्का एक पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिइ सम्पर्कबिहीन भएको प्रहरीमा उजुरी परेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनीहरूलाई काठमाडौंको टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पुर्याइएको प्रहरीले जनाएको छ ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares