विराटनगर- नेपाली कांग्रेस माेरङका नेता तथा कार्यकर्ताले सरकार र पार्टी जनभावना अनुकुल सञ्चालन हुन नसकेकाे भन्दै गृहमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य रमेश लेखकसमक्ष मंगलबार आक्राेश पाेखेका छन् ।
कांग्रेस माेरङका कार्यबाहक अध्यक्ष भक्तिनाथ माझी, सचिव माेदराज घिमिरे, कांग्रेसबाट निर्वाचित पालिका अध्यक्षहरूलगायतका नेता तथा कार्यकर्ताले जिल्लामा भाेग्नु परेकाे समस्याका बारेमा आक्राेश पाेखेका हुन् ।
उनीहरूले कांग्रेस र एमालेकाे संयुक्त सरकार भएर पनि कांग्रेस समर्थक, नेता, कार्यकर्ताकाे कामकाज सहज रूपमा नहुने गरेकाे तर एमालेका समर्थक, नेता तथा कार्यकर्ताकाे काम सहज रूपमा भइरहेकाे गुनासाे पाेखेका थिए । उनीहरूले कांग्रेसका राज्यमन्त्रीलाई पार्टीले फिर्ता बाेलाउने कि प्रधानमन्त्रीले बर्खास्त गर्नेलगायत प्रश्न गरेका थिए ।
गृहमन्त्री लेखकले अहिलेकाे सरकारमा कमीकमजाेरी भएकाे तर त्याे अवस्था संविधानकाे कारण भएकाे बताएका हुन् । ´संवैधानिक व्यवस्था अनुसार कुनै एउटा पार्टीकाे बहुमत आउँदैन त्यसैले संयुक्त सरकार चलाउनुकाे विकल्प छैन ।` उनले भने, ´संविधानका राम्रा र नराम्रा दुबै पक्ष छन् । संविधानमा भएकाे व्यवस्थाले नै महिला राष्ट्रपति, सभामुख हुनुका साथै समावेशी सिद्धान्त अनुसार सबै तह तप्काकाे राज्यमा प्रतिनिधित्व हुन पाएकाे छ ।`
त्यसैले यहाँ उठेका सबै विषय जायज रहेकाे र यी विषयहरूमा सबैकाे चिन्ता र चासाे भएकाेले निरास नहुन मन्त्री लेखकले आग्रह गरेका हुन् । ´निरासाले मानिसलाई आत्महत्यातर्फ डाेर्याउने गरेकाेले हामी सबै आशावादी हुनुपर्छ,` उनले भने, ´हामी गतिहिन छैनाैँ, केही नकेही साेचिरहेका छाैं र गरि पनि रहेका छाैं । त्यसैले आशावादी हुनुपर्छ ।`
नेपाली कांग्रेस आशा र भराेसा जगाउने पार्टी भएकाेले नेता तथा कार्यकर्तालालाई निरास नभई आशावादी हुन मन्त्री लेखकले आग्रह गरेका हुन् । ´अहिलेकाे संयुक्त सरकारमा दुबै दलले आ-आफ्नै किसिमले चलाउने हाे भने पहिले जस्तै ३/३ महिनामा विश्वासकाे मत सदनमा लिनुपर्छ,` उनले भने, ´कतिपय विषय विचार र सिद्धान्त अनुसार कतिपय सहमतिमा सरकारमा बसेर काम गर्नु पर्छ ।` कांग्रेस सरकारमा भएकाे अनुभूति नभएकाे विषय बिचारणीय भएकाे अब अनुभूति हुने गरि मन्त्रालयकाे कामकाज अघि बढाउने उनले प्रतिबद्धता जनाएका हुन् ।
मन्त्री लेखकले संविधान संशाेधनका लागि आन्तरिक रूपमा छलफल भइरहेकाे जानकारी दिएका छन् । संविधानकाे सबल र दुर्बल पक्षकाे विश्लेषण गरेर सहमतिका आधारमा संशाेधन गर्ने गरि काम भइरहेकाे उनले सुनाएका हुन् ।
समाचार
धरान–१७ की २४ वर्षीया कविता राईसहित आठ जना लुटपाटमा पक्राउ
द नेप्लिज संवाददातामाेरङकाे नव निर्मित कारागार भवन गृहमन्त्री लेखकद्वारा उद्घाटन
द नेप्लिज संवाददातागृहमन्त्री लेखककाे प्रश्न : राजालाई प्रश्न गर्न र गल्ती गरे कारवाही गर्न पाइन्छ ?
द नेप्लिज संवाददातागृहमन्त्री लेखकद्वारा गाेदामघर प्रदेश सरकारलाई हस्तान्तरण
द नेप्लिज संवाददातानीति आदर्शको, व्यवहार सुविधाको !
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares