२१ जेठ २०८२, बुधबार 04 Jun 2025, Wednesday

फर्किन चाहने आप्रवासीलाई अमेरिका सरकारद्वारा निःशुल्क टिकटसहित एक हजार डलर सहायता

द नेप्लिज संवाददाता
६ जेठ २०८२, मङ्गलबार

रोयटर्स

Advertisement

विराटनगर— अमेरिका सरकारले स्वेच्छाले देश फर्किन चाहने आप्रवासीहरूलाई निःशुल्क हवाई टिकट र प्रतिव्यक्ति एक हजार डलर आर्थिक सहायता दिँदै स्वदेश फिर्ता पठाउन थालेको छ।यस योजना अन्तर्गत पहिलो चरणमा होन्डुरसका ३८ जना नागरिकलाई अमेरिका सरकारले स्वदेश फर्काएको सीएनएनले जनाएको छ।

होन्डुरसका उपविदेश मन्त्री एन्टोनियो गार्सियाका अनुसार ती ३८ जना सोमबार रामोन भिलेदा मोरालेस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनका अनुसार फर्काइएका मध्ये धेरैजसो परिवार रहेका छन्, जसमा १९ जना बच्चा पनि छन्।

‘यहाँ आमासहित बच्चाहरू थिए, सबैले अमेरिकी सरकारबाट एक हजार डलर सहायता पाएका छन्,’ उनले विमानस्थलमा पत्रकारहरूसँग भने।होन्डुरसको आप्रवासन विभागका निर्देशक विल्सन पाज रेयस्काका अनुसार तीमध्ये कम्तीमा चार जना बच्चाको जन्म अमेरिका र एक जनाको जन्म मेक्सिकोमा भएको हो। यद्यपि तिनीहरू अमेरिकी नागरिक भए पनि पारिवारिक विछोड नहोस् भनेर आफन्तसँगै स्वदेश फर्काइएको उनले बताए।

स्वेच्छा निर्वासनका लागि आवेदन दिनेहरूलाई अमेरिकी अध्यागमन कार्यालय र गृहभूमि सुरक्षा विभागले उपलब्ध गराएको मोबाइल एप्लिकेसनमार्फत प्रक्रिया अगाडि बढाइएको हो।निर्वासितमध्येका एक विल्सन साएन्जले आफूले निर्वासन अनुरोध गरेपछि अधिकारीहरूले टेक्सासको हुस्टनस्थित एक होटेलमा राखेर विमानस्थलसम्म पुर्याएको र उडान अघि खाना उपलब्ध गराएको बताएका छन्। अर्का व्यक्ति केभिन पोसाडासले एपमा आवेदन दिएपछि कहिले उपस्थित हुनुपर्ने भन्ने जानकारी सन्देशमार्फत आएको बताए।

अमेरिकाको होमल्यान्ड सुरक्षा विभागका अनुसार उक्त उडानमा ६४ जना सवार थिए। होन्डुरसमा ३८ जना झारेपछि बाँकी यात्रुहरूलाई छोड्न उडान कोलम्बिया जानेछ। यो सेवा गत मई ५ मा सुरु गरिएको हो। विभागका अनुसार मोबाइल एपमार्फत स्वेच्छा निर्वासन रोज्ने कुनै पनि अवैध आप्रवासीले एक हजार डलर र हवाई टिकटको सुविधा पाउनेछन्।

#निःशुल्क #हवाई #टिकट# प्रतिव्यक्ति #एक #हजार #डलर

प्रकाशित : ६ जेठ २०८२, मङ्गलबार 10:06
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved