६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

जनमतका कोषाध्यक्ष निलम्बित

द नेप्लिज संवाददाता
२५ फागुन २०८१, आइतबार

Advertisement

विराटनगर — आर्थिक अनियमितता, ठगी तथा पार्टीविरुद्ध षडयन्त्र गरेको आरोपमा जनमत पार्टीले केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई निलम्बन गरेको छ‌ । 

पार्टीले उनलाई सातदिने स्पष्टीकरण समेत सोधेको छ ।‌ महोत्तरीको बर्दिवासमा आइतबार पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक बस्दैछ ‌।

गैरआवासीय मधेशी संघका ६० जनाभन्दा बढी कार्यकर्ता, नेता तथा एरिया इन्चार्जबाट लगानी सेयर र लेबीका नाममा संघका पूर्वअध्यक्ष इन्जिनयर बसन्त कुमार कुसवाहा र इन्जिनयर शम्भुनाथ साहसमेतसँग मिलेर करौडौ रुपैयाँ उठाएको जनमतले कोषाध्यक्ष यादवमाथि आरोप लगाएको छ ।

पार्टीको अनुशासन समितिका सदस्य सचिव अनिताकुमारी मण्डलका अनुसार यादवलाई स्पष्टीकरणसहित पठाएको पत्रमा इन्जिनयरद्वय कुसवाहा र साहसँग मिलेर  उठाइएको रकमले काठमाडौंको कोटेश्वरमा घर किनेर प्रवासी होटेल चलाउने, जनकपुरमा घर/स्कुल चलाउने सहितका विभिन्न कारोबारहरु सञ्चालन गर्दै आएको उल्लेख छ । पार्टीमा  ठगी गरेको भनेर पटकपटक उजुरी परेको उनले जानकारी दिइन्‌ ।

दैनिक कामकाज गर्ने कोषाध्यक्ष पद भए पनि यादव अधिकांश समय अमेरिका, कतारसहितका अन्य देशमा बसेको, पार्टीको दैनिक गतिविधिका लागि समय दिन नसकेको, महत्त्वपूर्ण बैठक र कार्यहरुमा सहभागिता नदेखाएको, केन्द्रीय सचिावलयको बैठकमा महिनौंसम्म उपस्थित नहुने गरेको आरोप पनि‌ पार्टीले कोषाध्यक्ष यादवमाथि लगाएको छ ।

प्रतिनिधि सभा निर्वाचन २०७९ मा सप्तरीको क्षेत्र नम्बर १ र २ मा केही ठूला नेता तथा कार्यकर्ताहरुलाई भड्काएर  उम्मेदवार डा. जयकान्त राउत र अध्यक्ष डा. सिके राउतलाई पराजित गर्नमा भूमिका निर्वाह गरेको तथा बारा निर्वाचनमा पनि त्यही भूमिका पुनरावृत्ति गरेको आरोप कोषाध्यक्ष यादवमाथि छ ।

कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले आफुलाई बदनाम गर्न डा. सिके राउतले प्रपञ्च गरेको दाबी गरेका छन् । उनले जहाँजहाँ घर किनेको आरोप आफूमाथि लगाइएको छ, त्यो सबै आफ्नो लगानी भएको बताए । स्थापनादेखि अहिलेसम्म पार्टीमा आफ्नो पाँच करोडभन्दा बढी रकम लगानी भइसकेको उनको दाबी छ ।

प्रकाशित : २५ फागुन २०८१, आइतबार 12:51
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved