फाइल तस्बिर
विराटनगर — काठमाडौँको टोखा क्षेत्रबाट बरामद गरिएको २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्राको प्रकरणमा राजस्व अनुसन्धान विभागले दुई जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेका अनुसार ट्रक चालक कुसाङ लामा उर्फ ’फुच्चे’ र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ का नारायण पौडेलविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अन्तर्गत मुद्दा दायर गरिएको हो । विभागले उनीहरू विरुद्ध २५ करोड ३४ लाख ७८ हजार रुपैयाँ बिगो मागदाबी गर्दै बरामद रकम जफत गर्न माग गरेको छ ।
यो प्रकरण चैत ४ को राति करिब १० बजे टोखा नगरपालिका–२, झोर महांकाल क्षेत्रबाट सार्वजनिक भएको थियो जब ना.७ ख १६५२ नम्बरको ट्रकमा लुकाइएको अवस्थामा अमेरिकी डलर र युरो गरी २५ करोडभन्दा बढी बराबरको विदेशी मुद्रा बरामद गरिएको थियो ।
प्रारम्भिक अनुसन्धानमा ट्रक चालक लामा केवल भरिया भएको र वास्तविक योजनाकार नारायण पौडेल रहेको खुलाइएको छ । पौडेलले रकम रसुवाको केरुङ नाका हुँदै चीनतर्फ पठाउने योजना बनाएको अनुसन्धानमा उल्लेख छ । प्रहरी स्रोतका अनुसार, ‘२५ करोड बराबरको डलर र युरो सुन खरिदका लागि केरुङतर्फ लगिँदै थियो ।’
पौडेल पहिले खासा व्यापारी थिए, तर तातोपानी नाका बन्द भएपछि उनले केरुङ रुटबाट सुन तस्करी गर्न थालेका थिए । उनका बारेमा अनुसन्धान गर्ने क्रममा तिब्बती महिलासँग विवाह, सिमावर्ती कारोबार र चीन–नेपालबीचको अवैध कारोबारसँगको संलग्नता खुल्दै गएको छ ।
पक्राउ परेका कुसाङ लामा यसअघि पनि २०७३ मा ७ किलो सुनसहित पक्राउ परेका थिए । उनी ५ वर्ष जेल बसेर रिहा भएका थिए । यो पटक पनि उनी भरिया मात्र भएको अनुसन्धानको निश्कर्ष देखिन्छ । प्रहरीले पौडेलको खोजी गरिरहेको छ भने यस प्रकरणमा संलग्न अन्य सञ्जालको समेत छानबिन भइरहेको छ ।
समाचार
कोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताविराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares