विराटनगर — सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा अर्थशास्त्री प्रा.डा. विश्व पौडेललाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। पौडेल राष्ट्र बैंकको १८औं गभर्नर हुन्।
गभर्नर सिफारिस समिति— जसको संयोजक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल थिए—ले पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो।अब छपाई हुने नयाँ नोटमा उनले हस्ताक्षर गर्नेछन् ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि गत चैत २५ देखि गभर्नर पद रिक्त थियो।नियुक्तिमा ढिलाइ भएपछि अर्थ मन्त्रालयले डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको थियो।
नवियुक्त गर्भनर पौडेलले मुलुकलाई ‘ग्रे लिष्ट’बाट हटाउन पहल गर्ने पहिलो प्राथमिकता हुने बताएका छन् ।उनले सुपरिवेक्षणलाई प्रभावकारी बनाउने बताएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुको सुक्ष्म अध्ययन गरेर वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्न पनि पहल गर्ने बताए ।उनले पुँजी बजारको मनोबल बढाउने गरी काम गर्ने बताए । ‘पुँजी बजारको मनोबल बढाउने राष्ट्र बैंकको दायित्व हो,’ उनले भने ।
गभर्नर नियुक्तिको विषय पछिल्लो दुई महिनादेखि सत्ता गठबन्धनका प्रमुख दल कांग्रेस र एमालेबीच पेचिलो बन्दै आएको थियो। विवादका कारण चैत ११ मा गठन भएको सिफारिस समितिका दुई सदस्यले राजीनामा दिएका थिए। वैशाख ९ मा पूर्वगभर्नर विजयनाथ भट्टराईले, र वैशाख २८ मा गभर्नरका आकांक्षी विश्व पौडेलले स्वयं राजीनामा दिएका थिए। त्यसपछि वैशाख ३१ मा अर्थमन्त्री पौडेलले समिति पुनर्गठन गरी पोषराज पाण्डेलाई सदस्य नियुक्त गरेका थिए।
गभर्नर बनेका विश्व पौडेलले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा काठमाडौँ विश्वविद्यालयका पूर्वअध्यापकसमेत हुन्। साथै उनी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) मा आर्थिक सल्लाहकारको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन् ।
२०७९ सालको प्रतिनिधिसभा चुनावमा पौडेल नेपाली कांग्रेसबाट चितवन क्षेत्र नं. १ मा उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल ३४,२१८ मतसहित विजयी भएका थिए भने एमालेका सुरेन्द्र पाण्डे २६,६०८ मतसहित दोस्रो र पौडेलले २४,९९० मतसहित तेस्रो स्थानमा चित्त बुझाएका थिए ।
#नयाँ #गभर्नर# अर्थशास्त्री# विश्व #पौडेल
अर्थ/वाणिज्य
डलरको भाउ फेरि बढ्यो
द नेप्लिज संवाददाता२३ वर्षदेखि भिजिट भिसाको ओडारमा महिला तस्करी, सबै गृहमन्त्रीको संलग्नता शंकाको घेरामा
द नेप्लिज संवाददातातुलसी सहकारी घोटाला : अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद, ६९ करोड बिगो र जरिवाना
द नेप्लिज संवाददातापतञ्जलीले विदेशबाट ल्याएको अरबौंको रकम शंकास्पद, स्रोत र खर्चको प्रमाण नभेटिएको अख्तियारको दाबी
अमेरिकी डलरको बिक्रीदर १३७.५७ रुपैयाँ
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares