सिरहा– गोलबजार नगरपालिकाले आठौँ गोल्डकप फुटवल प्रतियोगिताको आयोजना गर्न लागेको छ । ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ मूल नाराका साथ नगरपालिकाले आउँदो चैत्र १५ गतेदेखि गोलबजारको गुरुधामस्थित एकिकृत खेलग्राममा गोल्डकप प्रतियोगिता आयोजना गर्न लागेको हो ।
नगरपालिकाका प्रवक्ता सञ्जित लामाले पत्रकार सम्मेलन आयोजना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ८ वटा टिम सहभागी हुने गोल्डकप प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन् । उनले गोल्डकपको टाइसिटसमेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेका छन् ।
प्रतियोगितामा चात्या सा फुटवल क्लव दमक झापा, मनोहरा एकीकृत युवा क्लव काठमाडौं, गोलबजार स्पोर्टस् क्लव, रोमन फुटबल क्लव सर्लाही, पेमा युवा क्लब विराटनगर, साम्ची फुटबल क्लब भुटान र सल्हेश युवा क्लब सिरहाको सहभागीता रहने नगरपालिकाका प्रवक्ता सञ्जित लामाले बताएका छन् ।
प्रतियोगिताको उद्घाटन खेल रोमन फुटबल क्लब सर्लाही र पेमा युवा क्लब विराटनगरबीच हुने उनले बताए । गोल्डकप विजेताले ४ लाख १ हजार र शिल्ड, उपविजेताले २ लाख १ हजार नगदसहित कप प्राप्त गर्ने छन्।
नगरपालिकाले खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनका साथै स्थानीय तथा राष्ट्रिय एवं अन्र्राष्ट्रिय स्तरका खेलाडीहरूबीचको प्रतिस्पर्धाले व्यवसायिक खेलको विकास गर्न गोल्डकपलाई निरन्तरता दिइएको नगरपालिका प्रमुख श्यामकुमार श्रेष्ठले बताए ।
खेलकुद
इन्डो–नेपाल क्रिकेटः पटना सेमिफाइनलमा
द नेप्लिज संवाददाताइन्डो–नेपाल क्रिकेटःहोराइजन र एनबीएससी विजयी
द नेप्लिज संवाददातादीपेन्द्रसिंह ऐरीले टी–२० क्रिकेटमा शुन्यमा आउट नहुने खेलाडीको विश्व कीर्तिमान बनाए
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेटः पटना र विराटनगर फाइनलमा
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेट कप विजेता वाइआरसीसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares