सिरहा । ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ मूल नाराका साथ सुरु भएको आठौं अन्तर्राष्ट्रिय गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको शुक्रबार सम्पन्न उद्घाटन खेलमा रोमन फुटबल क्लब सर्लाही विजयी भएको छ । सर्लाहीले पेमा युवा फुटबल क्लब विराटनगरलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
रोमन फुटबल क्लबका कपिल मगरले खेलको २२औँ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए। दोस्रो हाफमा उनले थप एक गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसलगत्तै रोशन क्षेत्री र विशाल योन्जनले थप एक–एक गोल गर्दै टिमको जित सुनिश्चित गरे। पेमा युवा फुटबल क्लबका तर्फबाट इश्वर खवासले सान्त्वना गोल गरेका थिए। खेलको म्यान अफ द म्याच सलाईका कपिल मगर भए ।
प्रतियोगिता विजेता टिमले ४ लाख १ हजार र उपविजेता टिमले २ लाख १ हजार पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतिनिधिसभा सांसद एवं पूर्वकानूनमन्त्री तथा नेकपा एमालेका मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठले रेफ्रीलाई फुटवल हस्तान्तरण गरेर गोल्डकपको उद्घाटन गरेका थिए । उनले खेलकुदले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। मधेश प्रदेशका खेलाडीहरूले हालैका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको उल्लेख गर्दै उनले नेपाललाई खेलकुदमार्फत विश्वसामु परिचित गराउने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोले खेलकुद क्षेत्रको विकासमा सबैको योगदान अपरिहार्य रहेको बताएका हुन् । स्थानीय, प्रदेश तथा संघीय सरकारलाई खेलकुद प्रवर्द्धनमा ध्यान दिन पूर्वमन्त्री श्रेष्ठले आग्रह गरेका थिए । खेलकुदको विकासले युवा पुस्तालाई अनुशासित र स्वस्थ बनाउन टेवा पुर्याउने उनको भनाइ थियो ।
गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठ, उप–प्रमुख मान्ती देवी साह, शिक्षा शाखा प्रमुख अन्नत कुमार पौडयाल, सिरहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी बिरेन्द्र पासवान, सशस्त्र प्रहरी बल सिरहाका एसपी नरेश भण्डारी, नेपाली सेना, जनप्रतिनिधि तथा अन्य सरकारी अधिकारीहरूको उद्घाटन खेलमा उल्लेख्य उपस्थिति रहेको थियो। शनिबारको खेल चात्यसा फुटबल कल्व दमक, झापा र मनोहरा एकीकृत युबा कल्ब काठमाडौंबीच हुने आयोजकले जनाएको छ ।
खेलकुद
इतिहास रच्दै नेपाली महिला टोली टी–२० विश्वकप छनोटमा प्रवेश
द नेप्लिज संवाददाताकाेशीमा ३५ जना क्रिकेटकाे ´ओ` लेभेल अम्पायर तयार
द नेप्लिज संवाददाताकराते प्रिमियर लिगमा एरिका गुरुङको ऐतिहासिक कास्य पदक
द नेप्लिज संवाददाताक्रिकेट फाउण्डेशनद्वारा कोशी र मधेसमा क्रिकेट खेल सामग्री वितरण
द नेप्लिज संवाददातातनाव, नाटकीयता र व्यक्तिगत उपलब्धिका कथा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares