४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

कोशी प्रदेश नेपाल उद्योग वाणिज्य महासंघको उत्कृष्ट प्रदेश

द नेप्लिज संवाददाता
२८ चैत २०८१, बिहीबार

Advertisement

विराटनगर– नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१ को अवसरमा महासंघका सात वटै प्रदेशमध्ये उद्योग वाणिज्य महासंघ कोशी प्रदेश उत्कृष्ट भएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतलाई सम्मान पत्र हस्तान्तरण गरी महासंघ कोशी प्रदेशलाई सम्मान गरेको हो । 

नेपाल उद्योग वाणिज्य महासंघको सात वटै प्रदेशमध्ये उद्योग वाणिज्य महासंघ कोशी प्रदेश उत्कृष्ट भएपछि सम्मान गरिएको महासंघ कोशीका निर्देशक श्याम भन्ने राधारमण भण्डारीले बताएका छन् । 

महासंघ कोशी प्रदेशले मोरङको बुढीगंगामा आफ्नै कार्यालय भवन निर्माण कार्य शुरु गर्नुका साथै स्विस परियोजना लगायतका संस्थासँगको सहकार्यमा उद्यमी निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । २ कठ्ठा क्षेत्रफलमा ४ करोड भन्दा बढी रुपैयाँको लागतमा अढाई तल्ले भवन निर्माण शुरु भएको छ । महासंघ कोशी प्रदेशले प्रदेशभित्रका सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ तथा व्यावसायिक संघ–संस्थासँग सहकार्य गर्दै साना तथा मझौला उद्योग प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र बिहार इण्डष्ट्रिज एशोसिएशनबीच भगिनी सम्बन्ध स्थापना, पहिलो कृषि एक्स्पो, ढाका महोत्सव लगायतका विभिन्न उद्योग, व्यापार प्रवर्द्धनको काम गर्दै आएको हो ।
 

प्रकाशित : २८ चैत २०८१, बिहीबार 18:17
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved