विराटनगर– पशुपति गौशाला धर्मशालाको सञ्चालन मारवाडी समुदायले गर्न पाउने भएका छन् । काठमाडौँ महानगरपालिकासँग भएको सम्झौता बदर भएको छ । मारवाडी सेवा समिति नेपालले दायर गरेको रिटमा सुनुवाइ गर्दै पाटन उच्च अदालतले बिहीबार सम्झौता बदर गर्ने फैसला गरेको हो ।
पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समिति नेपालबीच २०६० जेठ १२ मा भएको सम्झौतालाई कोषले २०८० साउन १७ मा एकतर्फी रूपमा भंग गरेको थियो । समितिले गौशाला धर्मशाला माथि कोषले हस्तक्षेप गर्न खोजेकोले उक्त सम्झौता रद्द गर्ने निर्णय बदर गरिपाऊँ र पूर्व सम्झौताको यथावत् परिपालना गरि पाउ भनी काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
गत असोज १६ मा समितिको दाबी नपुग्ने गरी फैसला भयो । त्यसपछि असोज २२ मा कोषले गौशाला धर्मशाला सञ्चालनको जिम्मा काठमाडौं महानगरलाई दिने निर्णय र सम्झौता गरेको थियो । उक्त रिट माथि भएको सुनुवाइमा उच्च अदालत पाटनबाट मारवाडी सेवा समिति नेपालको माग दाबी बमोजिम रिट जारी भइ न्याय प्राप्त भएको समिति पदाधिकारीहरुले बताएका छन् ।
समाचार
कैलालीमा थुनुवा महिला सरकारी वकिलको कार्यालयबाट हतकडीसहित फरार
द नेप्लिज संवाददातादेउवा पछि कांग्रेसको कमान्डर को ?
द नेप्लिज संवाददाताराप्रपा नेपालद्वारा राष्ट्रिय झण्डामुनि जनप्रदर्शन
स्विमिङ पुलमा डुबेर भारतीय बालकको मृत्यु
द नेप्लिज संवाददाताकैलालीबाट हतकडीसहित फरार थुनुवा महिला भारतको पलियाबाट पक्राउ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares